भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारम चयन हुनु पर्ने बताउनु भएको छ । राष्ट्रपति बनाउनमा राष्ट्रिय सहमतिको विकल्प नभएको मन्त्री किराँतीको भनाई छ ।
मन्त्री भए पछि पहिलो पटक गृह जिल्ला भोजपुर आउने क्रममा मन्त्री किराँतीले बुधबार संखुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुनेमा दुई मत नभएकाले सबैले स्वीकार गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्ने बताउनुभयो ।
कांग्रेसलाई राष्ट्रपति दिँदा सहमति हुन सक्ने बताउँदै मन्त्री किराँतीले राष्ट्रपति बनाउन राष्ट्रिय सहमति गर्दा एमाले पनि सहमत हुनुपर्ने उल्लेख गर्नु भयो ।
मन्त्री किराँतीले आर्थिक विकासको मेरुडण्ड पर्यटन भएको पनि बताउनुभयो । नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ,’ मन्त्री किराँतीले भन्नुभयो, “अरु देशको फोटोकपी गर्नु हुँदैन, प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ ।”







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts