अणुव्रत महोत्सवका अवसरमा बृहत प्रभातफेरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेपाल अणुव्रत समितिले अणुव्रत महोत्सवका अवसरमा मंगलबार बिहान बृहत प्रभातफेरी सम्पन्न गरेको छ । बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरु उक्त प्रभात फेरीमा सहभागी भएका थिए । प्रभातफेरीका मुख्य अतिथिको रुपमा मह जोडि अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुनुहुन्थ्यो भने बिशेष अतिथिको रुपमा पूर्व मिसनेपाल उषा खड्गी, बरिष्ठ गायक आनन्द कार्कीलगायतका बिशिष्ठ ब्यक्तिहरुको उपस्थितिमा प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा बिभिन्न बिद्यालयका बिद्यार्थी, समाजसेवी, बिभिन्न सम्प्रदायको प्रतिनिधि, विविध क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वलगायत आम सर्वसाधारणको उल्लेखनिय उपस्थिति रहेको थियो ।

प्रभातफेरीको पूर्व सन्ध्यामा सोमबार बेलुकी पत्रकार भेटघाट आयोजना गरि अणुव्रतको आन्दोलन र अणुव्रतको बिषयमा जानकारी दिइएको थियो । अणुव्रत आन्दोलन सुरुवात भएको ७५ औ बर्षको अवसरमा आयोजीत यस अणुव्रत अमृत महोत्सव अणुव्रतका सिद्धान्तलाई जनमानसमा पुर्याउने लक्ष्य लिइएको नेपाल अणुव्रत समितिका अध्यक्ष दिनेश कुमार नौलखाले बताउनुभएकाे थियाे । उहाँले अणुव्रतका आचार संहिताको बारे पनि जानकारी दिनुभएकाे थियाे । अणुव्रत आचार संहितामा कुनै प्राणिको हत्याहिंसा नगर्ने, कहिँ कसैलाइ आक्रमण नगर्ने, मानविय एकतामा बिश्वास राख्ने , धार्मिक सहिष्णुतालाई कायम राख्ने , व्यवसाय र व्यवहारमा प्रमाणिक रहने , ब्रम्हचर्य साधना र संग्रहमा सिमा निर्धारण गर्ने, सामाजिक कुरीतीलाइ प्रश्रय नदिने , नशामुक्त जिवन जिउने र पर्यावरण प्रति सधै सजक रहने जस्ता अणुव्रत नियम सबैले पालना गरे समाज सुन्दर हुने पनि बताउनुभएकाे थियाे ।

ADVERTISEMENT

सोमबार साँझ पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न नेपाल जैन परिषद्का पूर्व अध्यक्ष फूलकुमार लालवानी , नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र भटेरा , तेरापन्थ सभाका अध्यक्ष महाबिर संचेचि, सर्वोच्च अदालत बार काउन्सिलका अध्यक्ष हरि शंकर निरौला, जैन महिला मण्डलका पूर्व अध्यक्ष शिल्पी जैन, तेरापन्थ महिला मण्डलकी अध्यक्ष अमिता नाहाटा, नेपाल अणुव्रत समितिका निबर्तमान अध्यक्ष ज्योति बेगानीलगायतका बिशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रभातफेरी सम्पन्न पछि मह जोडिले यस प्रभातफेरीले आफूहरुलाई सकारात्मक उर्जा दिएको र अणुव्रतका हरेक बुँदाले आफूलाई भित्री रुपमा छोएको पनि बताउनुभयाे । प्रभातफेरी काठमाण्डौको जैन भवन बाट सुरु भएर सोभाभगवती, ज्ञानेश्वर, मैतिदेवी, चारखाल हुँदै पुन जैन भवनमा पुगेर टुंगीएको थियो । अणुव्रतको बारे जानकारी दिने उद्देश्यका साथ आयोजीत यस प्रभातफेरी सफलतापूर्वक सम्पन्न भएको र अणुव्रतको यस अभियानलाई सबैले प्रशंसा गरेको कार्यक्रम संयोजक सुमित जैनले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *