इलाम । इलामको रोङ गाउँपालिकाको हासपोखरी-कुट्टीडाँडामा अवस्थित बहिनी पाथिभरा मन्दिरलाई रोङ गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ । मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकामा रहनेगरी लामो समयपछि गाउँपालिकामा स्वामित्व ल्याइएको हो ।
रोङ गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ तयार गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्नेगरी सो मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले गाउँपालिकाले कार्यान्वयनमा ल्याएको पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ को दफा ४ अनुसार समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिएको बताउनुभयो । अध्यक्ष स्याङ्बोले स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय मठमन्दिर, धार्मिक स्थलको रेखदेख र सञ्चालन स्थानीय सरकारले नै गर्ने भन्ने उल्लेख भए बमोजिम गाउँपालिकाले जारी गरेको व्यवस्थापन ऐनअनुसार मन्दिरको सञ्चालन गर्नेगरी समितिलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।
एक संस्था बाट पाथीभरा मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याएको एक साता पछि गाउँपालिकाले नयाँ समितिलाई मन्दिर परिसरमा गरेको औपचारीक कार्यक्रम मार्फत ब्यवस्थापनसहित संरक्षणको जिम्मा दिएको हो । उप-प्रधानमन्त्री , जलस्रोत सिंचाई तथा उर्जा मन्त्री राजेन्द्र लिङदेनको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले दिलिप राईको अध्यक्षतामा गाउँपालिकाले बनाएको समितिले सोमबारबाटै मन्दिरको सबै काम गर्ने गरी जिम्मेबारी हस्तान्तरण गरिएको जानकारी दिनु भयो ।
एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको संचालन तथा ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकामा रहने गरी लामो समय पछि गाउँपालिकाको स्वामित्वमा ल्याईएको हो । मन्त्री लिङ्देनले बहिनी पाथीभरा क्षेत्रको बिकासका लागि आफुले सक्ने सहयोग गर्ने र अन्य मन्त्रालयमा पनि सहयोगका लागि अनुरोध गर्ने बताउनु भयो । उहाँले धार्मीक क्षेत्रको बिकासमा तीनै तहका सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष स्याङ्बोले भन्नु भयो ‘बर्षेनी ५ लाख भक्तजन भित्राएर १ करोड बढी आम्दानी गाउँपालिकाले गर्ने लक्ष्य लिएका छौ ,। उहाँले भक्तजनबाट उठेको भेटी, चन्दा र जिन्सीको दुरुपयोग नहुने बताउदै त्यसका लागि मन्दिरलाई प्रविधिमैत्री बनाउने बताउनु भयो ।
गाउँपालिकाले भक्तजनको सङ्ख्या बढाउनका लागि मन्दिरलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य राखेको छ । मन्दिर दर्शन गर्नकालागि वार्षिक दुई लाख धार्मिक पर्यटक पाथीभरा मन्दिरमा पुग्ने गर्दछन् । बहिनी पाथीभरा नामले चिनिने पाथीभरा मन्दिरमा विभिन्न मनोकाङ्क्षा पूरा हुने अपेक्षा राखेर भक्तजन मन्दिर आउने गर्छन ।
मेची राजमार्गको हाँसपोखरी भएर पूर्वी नेपालको प्रमुख धार्मिकस्थल सानी पाथिभरा दर्शनका लागि यात्रा तय गरिन्छ । पाथिभरा मन्दिर दर्शनका लागि कुटिडाँडा र हाँसपोखरी दुवै क्षेत्रबाट पदयात्रा गरिन्छ । धेरै भक्तजनहरूले हाँसपोखरीमा रहेको सिद्धिदेवी मन्दिरको दर्शनपछि बहिनी पाथिभरा दर्शनका लागि पैदल यात्रा गर्दै आएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा