सांसद भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट हटाइँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको छ ।

भण्डारीको उपचारको नेतृत्व गरिरहनुभएका डा. मुकेश मिश्रालाई उदृत गर्दै अस्पतालमा रहनुभएका योगराज कँडेलले भन्नुभयो, नेता भण्डारीको अवस्था अहिले सामान्य बन्दै गएको छ। साथै शुक्रबारदेखि उहाँलाई नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ।

शनिबार बिहान डिहाइड्रेसनका कारण पिसाव कम भएको र प्लेटलेस एक लाखमा झरेकोमा शनिबार साझसम्म तरल मात्रा बढाउँदा डिहाइड्रेसनको अवस्था सामान्य रहेको बताइएको छ।

शनिबार दिउँसो उहाँको छातिको फिजियो थेरापी गरिएको र अहिले बाहिरबाट हेर्दा आँखा खुला हेरिराखेको बताइएको छ। अनुहारमा डढेको कालो छाला झरी नयाँ पलाउन लागेकोजस्तो पनि देखिएको बताइएको छ।

ADVERTISEMENT

यस्तै, आजबाट पूर्ण रूपमा भेन्टिलेटरबाट हटाइने तयारी भइरहेको डा. मिश्रालाई उदृत गर्दै उहाँले बताउनुभयो ।

भण्डारीको आइतबार दिउँसो छातीको फिजियो गराइएको थियो ।

गएको मंगलबार राति ग्यास चुहावट भएर शरीरमा आगो लागेपछि नेता भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?