ऐतिहासिक निशान मन्दिरको उद्घाटन

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर कारागार परिसरमा रहेको ऐतिहासिक निशान भगवती मन्दिरको उद्घाटन भएको छ । सेनाको पहलमा पुनर्निर्माण भएको मन्दिरको सहायकरथी मनोजकुमार थापाले उद्घाटन गर्नुभयो । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले १८२६ तिर स्थापना गरेको यो मन्दिरको नेपाली सेनाको पहलमा पुनर्निर्माण गरिएको हो । मन्दिरको २१ लाख २६ हजार ४५४ रुपैयाँ बराबरको लागतमा पुनर्निर्माण गरिएको भोजपुरमा रहेको फष्ट राइफल गणका गणपति विश्वनाथ तिमल्सिनाले बताउनुभयो ।

नेपाली सेनाबाट १५ लाख, स्थानीय तहसँगै विभिन्न संघसंस्था तथा मन्दिर व्यवस्थापन समिति पाँच लाख ४५ हजार र बाँकी गणको आन्तरिक स्रोतबाट खर्च गरिएको गणपति तिमल्सिनाको भनाइ छ । सेना दिवसका अवसरमा मन्दिरको उद्घाटन गर्दै नेपाली सेनाका सहायकरथी थापाले सेनाले पौराणिक महत्व र इतिहास बोकेका ठाउँहरूको संरक्षण गर्दै लैजाने नीतिअनुसार मन्दिरको संरक्षण गरिएको बताउनुभयो ।

ADVERTISEMENT

तत्कालीन अवस्थामा रहेको निशान सेनाको गुल्मले भोजपुरबाट सिरहा जिल्लामा निशान लैजान हेलिकप्टरमा चढाइसकेपश्चात् हेलिकप्टर स्टार्ट नभएकाले निशान पुनः हेलिकप्टरबाट ओराली विधिवत्रूपमा पूजा गरी निशान फेरि मन्दिरमा नै स्थापना गरेपछि हेलिकप्टर उडेको थियो । तीनपटकको प्रयासपछि क्षमापूजा गरेर मात्र निशान अन्यत्र सारिएको थियो ।

गरुड दल गुल्म रहँदासम्म यहाँ भव्यरूपमा पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि परम्परा लोप हुँदै आएको स्थानीयको धारणा छ । मन्दिरमा पुनः चाँडै निशान भगवती स्थापना गरिने भएपछि स्थानीयमा पनि उत्साह बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज