सांसद भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै : सबै ‘पारामिटर नर्मल’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा पनुृभएका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ ।

घरमै ग्याँस सिलिन्डर लिक भएर आगलागी हुँदा गम्भीर घाइते हुनुभएका सांसद भण्डारी मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत हुनुहुन्छ ।

भण्डारीसँगै रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलले दिएको जानकारीअनुसार आज बिहान साढे ६ बजे चिकित्सकसँग कुरा गर्दै ‘सबै पारामिटर नर्मल’ रहेको जानकारी गराउनुभएको हो। भण्डारीको शुक्रबार पहिलो सर्जरी गरिएको थियो ।

ADVERTISEMENT

‘पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप इन्जरी रहेको कारण सोचेभन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तिमा १-२ घण्टा राख्नुपर्ने नियम रहेका कारण दोस्रो अपरेसन गर्न नसकिएको जानकारी डा. मुकेशबाट प्राप्त भएकाे छ,’ कँडेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको छ । डाक्टरको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्नेसमेत जानकारी प्राप्त भएको निवेदन गर्न चाहन्छु ।’

बुद्धनगरस्थित घरमा ग्याँस लिक भएर पड्किँदा सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेकी आमाको भने बिहीबार नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज