काठमाडौं । नेपाली कलाकारिता र सञ्चारको क्षेत्रमा मात्र नभएर समाजसेवामा समेत प्रखर रूपमा उत्रनुभएका शेखर खनाल नेपालीहरू माझ परिचयविहीन नाम भने होइन । शिखर नेपाल संस्थाको अध्यक्षको रूपमा हाल सक्रिय रहनुभएका उहाँले थुप्रै पुरस्कार, समान तथा अवार्ड प्राप्त गर्नुभएको छ । एउटा कुशल कलाकार, चलचित्र निर्देशक, सक्रिय सञ्चारकर्मी, समाजसेवी र कृषि अभियान्ताको रूपमा आफूलाई खरो रूपमा उतार्नु भएका खनालले बेलायतलगायत युरोपका केही देशमा आफ्नो टेलिभिजन कार्यक्रम ‘विकास र बहस’ लागि छायांकनसमेत गरिसक्नु भएको छ । सरकारी क्षेत्रसँग सम्बन्धित रहेर निर्माण गरी नेपाल टेलिभिजनको राष्ट्रिय प्रशारणमार्फत प्रशारण हुँदै आइरहेको कार्यक्रम ‘विकास र बहस’का निर्माता, निर्देशक तथा प्रस्तोतासमेत रहनुभएका शेखर खनालसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः–
अहिले केमा व्यस्त हुनुहुन्छ ?
खासमा नेपाल टेलिभिजनको कार्यक्रम ‘विकास र बहस’ मै व्यस्त छु । कलाकारिता र समाजसेवामा पनि आफूलाई सक्रिय रूपमा लगाइरहेको छु । कार्यक्रमको सिलसिलामा युरोपको भ्रमण सकाएर नेपाल फर्किएको हुँ ।
विकास र बहस’ युरोपमा छायांकन गर्नुकोे उद्देश्य ?
कार्यक्रमलाई अझ परिस्कृत गर्दै लैजाने क्रममा भौतिक पूर्वाधार विकाससँग सम्बन्धित रही युरोपमा पनि कार्यक्रम छायांकन ग¥यौं । यो कार्यक्रमले विदेशमा बसेका विशेषगरी लण्डन, बेल्जियममा रहेका आप्रवासी नेपाली नागरिकहरूको बारेमा तथा त्यहाँको भौतिक पूर्वाधार विकासका बारेमा के–कसरी कार्य हुँदोरहेछ, नेपाल र युरोपको विकास निर्माणमा के–के भिन्नता रहेछ भन्ने वस्तुस्थितिलाई सूक्ष्मरूपले अध्ययन गरी वास्तविकता झल्काउनका लागि त्यहाँसम्म पुगेर कार्यक्रम छायांकन गरेका हौं ।
त्यहाँ छायांकन गरिएको महत्वपूर्ण पक्ष के–के रहृयो ?
मुख्यतः हामिले त्यहाँको विकास निर्माण र भौतिक पूर्वाधारको कुरा हे¥यांै । त्यसबाहेक पनि त्यहाँको कला, संस्कृति, आर्थिक सामाजिक क्षेत्रको बारेमा अध्ययन ग¥यौं । महत्वपूर्ण कुरा चाहिँ के रहृयो भने हामीले बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीसँग भेटेर त्यहाँको विषयमा विशेष भलाकुसारी ग¥यौं । बेल्जियममा रहेका नेपालीहरूको अवस्था, त्यहाँको स्थिति र नेपालीलाई पर्ने समस्याको बारेमा र समाधान कसरी भइरहेको छ भन्ने कुरा कार्यक्रममा समेट्ने अवसर पायौं । समग्रमा भन्दा यिनै कुरा नै महत्वपूर्ण रहे ।
कार्यक्रममा समाविष्ट बेल्जियमका विषयवस्तु के–कस्ता रहेका थिए ?
माथि पनि भनिसके विशेषगरी हाम्रो कार्यक्रममा भौतिक पूर्वाधार विकाससँग सम्बन्धित हो । त्यसका अलावा रोजगारीको सिलसिलामा त्यहाँ पुगेका नेपाली नागरिकहरूको अवस्था, भोग्नुपरेको पीडा, त्यहाँ आफ्नो जीवन कसरी गुजारा गरिरहेका छन् अनि भावी योजना र स्वदेशप्रतिको धारणा आदि विषयलाई समेटेर कार्यक्रम निर्माण भयो । देशलाई चिनाउने भनेको नै कल्चर एक हो, त्यही सन्दर्भमा त्यहाँको कल्चर, भौतिक, आर्थिक, सामाजिक एवं रहनसहनका कुरालाई समेट्यौं ।
कार्यक्रम ‘विकास र बहस’ले कस्ता व्यक्तिहरूलाई समेट्छ ?
यो भौतिक पूर्वाधार विकाससँग सम्बन्धित कार्यक्रम हो । यस अर्थमा यस कार्यक्रममा समेटिने व्यक्ति भनेका सम्बन्धित मन्त्रालयका माननीय मन्त्रीज्यूहरू, सचिवज्यूहरू र विभागीय प्रमुखज्यूसँगको कुराकानी र बहस नै हो । र, यस्ता अन्तक्र्रिया र छलफलले जनता समक्ष प्रत्यक्ष प्रभाव पारेकाले यो कार्यक्रमको गरिमा पनि बढेको हो जस्तो मलाई लाग्छ ।
शिखर नेपालको अध्यक्ष पनि हुनुहुन्छ । यस संस्थाले के गर्दै आइरहेको छ ?
हो विगत एक दशकभन्दा लामो समयदेखि म शिखर नेपाल संस्था चलाइरहेको छु । म कलाकार भएरमात्र हुँदैन समाज सेवा पनि गर्नुपर्छ भन्ने हुटहुटीले मैले यो संस्था चलाएको हुँ । यसले मलाई थप ऊर्जाशील बनाएको छ । यस संस्थामार्फत विशेषगरी कला, साहित्य र कृषिसँग सम्बन्धित विषयमा निहित रहनेगरी विभिन्न प्रकारका सम्मान तथा अवार्ड समारोह कार्यक्रम गर्दै आइरहेको छ ।
लण्डन तथा युरोपपश्चात् अबको यात्रा कता हुनेछ ?
‘विकास र बहस’को अबको यात्रा भनेको क्यानडा, अमेरिका र अष्ट्रेलियामा हुने तय भएको छ, त्यो पनि निकट भविष्यमै ।
किन ती मुलुकहरू रोज्नुभयो ?
हाम्रो देश नेपाल भनेको अझै पनि भौतिक पूर्वाधार विकासमा बामेसर्दै गरेको अवस्थामा छ । विश्वको विकससित मुलुक भनेको नै तिनै राष्ट्रहरू पर्छन् । त्यस्ता देशहरूको भौतिक पूर्वाधार बनौटलाई जस्ताको तस्तै उतार्न नसकिए पनि त्यसको नजिकसम्म पुग्न सकियो भने पनि नेपालमा भौतिक विकासमा ठूलै फड्को मार्ने कुरामा हामीले विश्वास गरेका छौं ।
अन्त्यमा ?
हाम्रो देश प्राकृतिक हिसाबले पूर्णरूपमा सम्पन्न छ तर बाँदरको हातमा नरिवल भनेजस्तै खराब प्रवृतिका नेताहरूका कारण आज देश गरिबिको रेखामुनि परेको छ । राज्यको ढुकुटी खर्चगरेर पटक–पटक विकसित मुलुकमा भ्रमण गरे तापनि कहिल्यै घैँटोमा घाम लागेको पाइएन, हाम्रो देशको बागडोर समातेका नेताहरूमा । अब देशको बागडोर युवा पुस्तामा हुनुपर्छ भन्ने हाम्रो चाहना हो ।






