-नवराज शिवाकोटी
दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा ९६ लाखको लागतमा शित भण्डार निर्माण गरिएको छ । किसानका बिउबिजन सुरक्षित राख्न सहजहोस भनी पालिकाले शित भण्डारको निर्माण गरेको हो ।
गाउँपालिकाको लगानीमा २०७५ सालदेखि निर्माण सुरु गरिएको शित भण्डारको निर्माण सम्पन्न भएको बैतेश्वर गाउँपालिकाका इञ्जिनियर युधिष्टीर केसीले जानकारी दिनुभयो । शितभण्डारको लागत ९६ लाख(भ्याटबाहेक) रहेको उहाँको भनाइ छ ।
एकसय टन क्षमता रहेको शितभण्डार किसानका विउ विजन संरक्षणको प्रयोजनको लागि निर्माण गरिएको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताउनु भयो । आलुको बिउ संरक्षण गर्न तथा किसानका अन्य उत्पादन जोगाउन शित भण्डार आवश्यक भएकोले गाउँपालिकाले शित भण्डारको निर्माण गरेको अध्यक्ष लामाको भनाइ छ ।
२०७५ सालमा ठेक्का सम्झौता भएपनि कोरोनाका कारण भारतबाट सामान झिकाउनु पर्नेमा समस्या भएकोले समयमै भवन शितभण्डार निर्माण गर्न नसकिएको शितभण्डार निर्माणको जिम्मालिएको सिसन निर्माण सेवा प्राइभेट लिमिटेडका प्रोप्राइटर जीवन दहालले बताउनु भयो ।
पप प्यानलबाट निर्माण गरिएको शित भण्डारमा विउ तथा फल भण्डारणमा सहयोगका लागि फोरलिप मेसिनसमेत राखिएको प्रोप्राइटर दहालको भनाइ छ ।
विशेष गरी आलुको बिउ भण्डारण गर्न समस्या भइरहेकोमा शित भण्डारको निर्माणपछि बिउ संरक्षण गर्न किसानहरूलाई सहज हुने बैतेश्वर गाउँपालिकाको विश्वास छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts