सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । बुधबार राति ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई किर्तिपुर अस्पतालले देशबाहिर सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र लैजान सिफारिस गरेको छ ।

ग्याँस लिक भएपछि घाइते हुनुभएका सांसद भण्डारीलाई बानेश्वरस्थित सिभिल मल हुँदै किर्तिपुर अस्पताल लगिएको थियो । अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने उहाँका आमामा ७० प्रतिशत भाग जलेको छ ।

ADVERTISEMENT

‘माननीयज्यूको अनुहार, हात तथा दुबै गोडामा गरी २५-३० प्रतिशत र आमाको जीउको अधिकांस भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवै जनाको स्वाशनलीमा तातो हाँवा र धुवाँको कारणले जलन भएको हुन सक्ने अत्याधिक सम्भावना देखिन्छ’ अस्पतालका जलन बिभागका प्रमुख किरण नकर्मीले जानकारी दिनुभयो ।

सो अस्पातालको मेडिकल डाइरेक्टर निजिमा ताम्राकारका अनुसार नेपालमा उहाँहरूको उपचार सम्भव नभएकाले बिदेशमा उपचार गराउन सबन्धित परिवारलाई सुझाव दिईएको छ। परिवारजनका अनुसार उहाँलाई भारत लैजाने तयारी भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?