लुम्बिनी प्रदेश सरकार स्थापना दिवस : राजधानी व्यवस्थापनको चरण प्रारम्भ

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । लुम्बिनी प्रदेश सरकारले ३ अर्ब बढी लागतमा १० वटा मन्त्रालय भवन बनाउन शुरु गरेको छ । भवनहरुको मुख्यमन्त्री लिला गिरीले शिलान्याश गर्नुभएको छ । प्रदेश सरकार स्थापना प्रवेशको छैठौं वर्ष प्रवेशको अवसर पारेर दाङको राप्ती गाउँपालिका–३ लालमटियामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सहित १० वटा मन्त्रालय भवन शिलान्याश गरिएको हो ।

प्रदेश सभाले २०७७ असोज २० गते दाङको राप्ती उपत्यका क्षेत्रलाई स्थायी राजधानी बनाउने निर्णय गरेपनि साढे २ वर्षसम्म राजधानीका पूर्वाधार बनाउने काम सुरु हुन सकेको थिएन ।

ADVERTISEMENT

प्रदेश सरकारको खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय अन्तर्गत प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले निर्माण कार्य कार्यान्वयन गर्नेछ ।
भवनहरु बनाउन शर्मा /सगुन जेभी काठमाडौंले ठेक्का पाएको छ । भ्याट बाहेक ३ अर्ब ९ करोड एक लाख २९ हजार रुपैयाँमा १० वटा भवनहरु बनाउने गरी गत मंसिर २८ गते ठेक्का सम्झौता भएको हो । २०८२ साल पुस २८ गते अर्थात तीन वर्षमा निर्माण पूरा गर्ने सम्झौतामा उल्लेख छ । यस क्रममा मुख्यमन्त्री गिरीले प्रदेशको राजधानी व्यवस्थापनको चरण प्रारम्भ भएको बताउनुभयो । मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘राजधानी व्यवस्थापनको चरणको प्रारम्भ भएको छ । सरकारले प्रशासनीक भवन निर्माण कार्यको प्रारम्भ गरेको छ । यो कार्यलाई समयमै सम्पन्न गर्नेछौं ।’

राजधानीको निर्णय कार्यान्वयनका क्रममा सरकारले थुप्रै समस्या बेहोरेको बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘राजधानीको निर्णय कार्यान्वयन गर्न स्थायी राजधानी स्थल राप्ती उपत्यका देउखुरीबाट कार्य प्रारम्भ गरेका छौं । प्रदेशको राजधानीलाई मुलुककै नमुना र उत्कृष्ट बनाउने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री गिरीले सबैको आपसी सहयोगले मात्रै यो कार्यले पूर्णता पाउने बताउनुभयो । उक्त अवसरमा निर्धारित मुख्यमन्त्री गिरीले समयमा निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज