‘जनयुद्ध दिवस’ मनाउने निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजको विरोध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं ।  सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिएपछि यसको विरोध भइरहेको छ ।

तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ ।

ADVERTISEMENT

तर, सो निर्णयको द्वन्द्वपीडित र नागरिक समाजले विरोध जनाएका छन् । सोमबार उनीहरु ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् । ‘सार्वजनिनक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

फागुन १ लाई कालो दिनको रुपमा उनीहरुले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *