रास्वपा तुरुन्तै सरकारमा फर्किने सम्भावना कति ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ दलहरुबाट गठित 'उच्चस्तरीय राजनीतिक संयन्त्र' राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा फर्काउन चाहन्छ ।

आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एक साताअघि मात्रै मन्त्रीहरू फिर्ता बोलाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने बारे छलफल भएकाे थियाे । यसमा प्रधानमन्त्री प्रचण्डलगायत सत्ता साझेदार दलका नेता एकमत हुनुभएकाे छ ।

पूर्वसहमति अनुसार आफ्नो भागमा परेको गृहमन्त्रालय नपाएका कारण रास्वपा एक साताअघि मात्रै सरकारबाट बाहिरिएको थियो ।

आजको संयन्त्र बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले रास्वपा छिट्टै सरकारमा फर्किन सक्ने संकेत गर्नुभएकाे थियाे।

ADVERTISEMENT

यसैबीच रास्वपाले भने तत्काल आफ्नो दल सरकारमा फर्किने बारे सम्भावना नभएको बताउँदै आएको छ ।

रास्वपाका प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले तत्काल यस्तो सम्भावना नरहेको बताउँदै चितवन २ मा उपचुनाव भएपछि मात्रै सरकारमा सहभागिताको विषयमा पुनर्विचार गर्न सकिने बताउनु भयो । परिस्थिति सकारात्मकरूपमा विकास भए फेरि सरकारमा फर्कन बारे सोच्न सकिने भए पनि राष्ट्रपतिको चुनावअघि सम्भावना कम रहेको उहाँले बताउनु भयो ।

संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा ल्याउनका लागि छलफल भएको र प्राविधिक विषयहरु मिलाएरर छिट्टै सरकारमा ल्याउने विषयमा समेत छलफल भएको थियो । सरकारबाट बाहिरिए पनि रास्वपा भने संयन्त्रको बैठकमा लगातार सहभागी हुँदै आएको छ । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागीता जनाउँदै आउनु भएको छ ।

यस्तै, गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको आजको बैठकमा मजबुद ढंगले सहकार्यलाई अघि बढाउने सहमति पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज