स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुन सक्ने बताउनु भएको छ।

नयाँ राष्ट्रपतिको विषयलाई लिएर प्रमुख दलहरू, कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तीव्र छलफल चलिरहेका बेला प्रचण्डले आज आयोजित पार्टीको भर्चुअल बैठकमा ब्रिफिङ गर्दै उक्त कुरा बताउनु भएको हो ।

प्रचण्डले विगतमा राजनीतिमा सक्रिय व्यक्ति राष्ट्रपति हुँदा दुई तीनपटक दुःख पाइएको बताएको केन्द्रीय सदस्य समिता कार्कीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

उहाँले प्रधानमन्त्रीमा आफूलाई सबै दलले विश्वासको मत दिएर सबैको साझा प्रधानमन्त्रीको रूप दिएको भन्दै त्यो विश्वास नटुट्ने गरी सहमतीय राष्ट्रपति बनाउनुपर्ने बैठकमा बताउनु भएको छ । दलहरूको नामै लिएर प्रचण्डले कांग्रेस, एमाले, माओवादी वा अन्य दलबाट पनि राष्ट्रपति बन्न सक्ने बताउनु भएको थियो ।

प्रचण्डले पार्टी बैठकमा टुटफुट भएका कम्युनिष्ट पार्टीलाई ध्रुवीकरण गरिने पनि बताउनु भयो। उहाँले सबै कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको बैठकमा ब्रिफिङ गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज