भोजपुर । भोजपुर परिवार दक्षिण कोरिया समाजले क्यान्सर पीडित रीता कटुवाललाई आर्थिक सहयोग गरेको छ ।
भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सार निवासी पाठेघरको क्यान्सरबाट पीडित कटुवाललाई समाजको पहलमा संकलन भएको ८६ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । समाजको तर्फबाट प्रतिनिधि कृष्ण बस्नेतले पीडित कटुवालको छोरा सुजन कटुवाललाई नगद रकम हस्तातरण गर्नुभयो । उपचारको क्रममा रकम अभाव भएपछि परिवारले आर्थिक सहयोगको अपील गरेको छ ।
तीन वर्षको बीचमा उपचारको क्रममा १४ लाख वढी रकम खर्च भईसकेको र थप उपचारको लागि रकम अभाव भएको छोरा सुजन कटुवालले बताउनुभयो । सहयोगीहरुलाई धन्यवाद दिँदै समाजले गरेको आर्थिक सहयोगले आमाको किमो थेरापी गराउन सहयोग पुगेको कटुवालको भनाइ छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts