३० दिनमै ढल्यो सुदूरपश्चिम सरकार , कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बन्नुभएका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि उहाँ स्वतः पदमुक्त हुनुभएको छ ।

बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिन रहेकोमा प्रदेश सभा बैठकमा रावलले विश्वासको मत प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

पुस २७ मा एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बन्नुभएको थियो ।

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्नेमा सरकार गठन भएको एक महिनामै सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिमबाट सात दलीय गठबन्धनको सरकार ढलेको हो ।

ADVERTISEMENT

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह हुनुहुन्छ । अब उहाँको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुनेछ ।  संविधानको धारा १६८ (२)  अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुँदैछ ।

संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने भनिएको छ ।

रावलले विश्वासको मत पाउन नसकेमा उपधारा (३) बमोजिम कांग्रेस संसदीय दलका नेता कमल शाहलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज