युएसएआईडीकी प्रमुख सामन्था पावरद्वारा पाटन दरबारको अवलोकन (तस्वीर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले ललितपुरको पाटन दरबार स्वाक्वयर क्षेत्रको अवलोकन गर्नुभएको छ ।

मंगलवार प्रशासक सामन्था पावरले ललितपुरको पाटन दरबारको अवलोकन गर्नुभएको हो । सो अवसरमा परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल पनि सहभागी बन्नुभएको थियो ।

पाटन दरबार क्षेत्रको अवलोकन गर्न पुग्नुभएकी प्रशासक पावरलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गर्नुभएको थियो । दुई दिने नेपाल भ्रमणका क्रममा मंगलवार बिहान नेपाल आउनुभएकी सामन्था बुधवार स्वदेश फर्किनुहुनेछ ।

ADVERTISEMENT

उहाँले आज नै भक्तपुरको आदर्श माध्यामिक विद्यालयको अवलोकन समेत गर्नुभएको थियो । साथै विद्यालयमा विद्यार्थीहरुसँग बास्केट बल खेल्नुका साथै अन्तरक्रियासमेत गर्नुभएको थियो । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल आउनुभएको हो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहनुभएकी उहाँ अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुनुहुन्छ । नेपाल बसाइको क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाइ भेट गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज