भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी भोजपुरको दुई पालिकामा हुने बिभिन्न कार्यक्रममा सरिक हुनका लागि बुधवार आउनु हुने भएको छ । भोजपुर राष्ट्रपति भण्डारी जम्मिएको जिल्ला पनि हो । उहाँको जन्म भोजपुरको मानेभञ्ज्याङ गाउँमा भएको थियो ।
राष्ट्रपति भण्डारीबाट गाउँपालिकाको वडा नम्वर १ कुलुङको गौडेनीमा रहेको नेपालको प्रथम समाज सुधारक बिदुषी महिला योगमाया न्यौपानेको शालिक अनावरण साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजा अर्चनाको पनि कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिनु भयो ।
साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकन गर्ने कार्यक्रम छ । १९२४ सालमा भोजपुरमा जन्मिएका योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुनुहुन्थ्यो । तत्कालीन अवस्थामा समाजको कठोर शासनप्रति विद्रोहको चरम स्वर उराल्ने क्रममा वि.स. १९९८ असार २२ गते अरुण नदीमा उहाँसँगै ६८ अनुयायी जलसमाधि गरेका थिए ।
यस्तै राष्ट्रपति भण्डारीबाट षडानन्द नगरपालिका वडा नम्वर १ मझुवाबेसीमा रहेको योगमायाको समाधी स्थलमा माल्यार्पण, अवलोकनका साथै वडा नम्वर ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म घडेरीमा अधिकारीको शालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रम समेत रहेको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिनु भयो । सोही क्रममा प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाधी स्थल पार्कको समेत शिलान्यास गर्ने कार्यक्रम रहेको नगर प्रमुख उदासले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements