बलि दिन भारत पुर्‍याइएकी किशोरीको उद्दार

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 6 mins

धादिङ । धादिङकी एक १६ वर्षीया किशोरीको उद्दार गरिएको छ । भारतमा लगेर बन्धक बनाइएका धादिङका एक किशोरीलाई जिल्ला प्रहरी कार्यालय धादिङ, मानव बेचबिखन अनुसन्धान ब्युरो र भारतस्थित नेपाली दूतावास तथा भारतीय प्रहरीको सक्रियतामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता/सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । उक्त किशोरी आफ्नो मामाघरमा बसेर अध्ययन गर्दै आएको र मंसिर १५ गतेदेखि हराएकाले खोजतलास गरीपाऊँ भनी इलाका प्रहरी कार्यालय सल्यानटार र जिल्ला प्रहरी कार्यालय धादिङमा लिखित निवेदन दिएपश्चात् खोजतलास गर्दै जाने क्रममा भारतको नयाँदिल्लीस्थित मंगलबजार गल्ली नं. २, बापरुल्लाबाट मंगलबार राति उद्दार गरी बिहीबार एयर इण्डियाको जहाजद्वारा नेपाल ल्याइएको हो ।

‘किशोरीलाई तान्त्रिक बाबासँग भेट्टाई तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लानुअघि बालिकाको तौल, उचाइ, शरीरमा दाग, टाटु र रजस्वला भए/नभएको परीक्षण गरिएको रहेछ’, धादिङका प्रहरी नायव उपरीक्षक खत्रीले भन्नुभयो । उहाँका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुईपटक शारीरिक परीक्षण गरिएको थियो ।

पीडित किशोरीलाई मंसिर १५ गते काठमाडौं लैजानुपूर्व उनको उचाइ, तौल, छातीको नाप, हातखुट्टा तथा शरीरमा काटेको/पोलेको खत, चोटपटक, ट्याटु नभएको, उचाइ पाँच फिट तीन इञ्च पूरा भएको, तौल कम्तीमा ५० केजी र बढीमा ६० केजी भएको, मासिक पिरियड(रजस्वला) भएको भए १५ दिन कटेको हुनुपर्ने यकिन गरी प्रारम्भिक छनोट गरेको खुलेको उहाँको भनाइ छ ।

उहाँले थप्नुभयो, ‘प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले किशोरीलाई मुख्य तान्त्रिक बाबासँग माघ २२ गते (फेब्रुअरी ५) मा भेट्टाउने योजना बनाएको पाइएको छ । उनीहरूले पूर्णिमामा किशोरीको बलि चढाउने योजना रहेछ, दुई महिनादेखि किशोरीको खोजी अनुसन्धानमा जुटेका थियौँ, दुई दिनअघि पाएको सूचनाका आधारमा उनको उद्दार गर्न सफल भयौँ ।’

ADVERTISEMENT

पीडित किशोरी मंसिर १७ गते मामाघरबाट काठमाडौं ल्याइएको थियो । पुस १९ सम्म काठमाडौंमा उहाँलाई बन्धक बनाइएको थियो । पुस २० गते किशोरीलाई नेपाल-भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुबलि दिन भारत पुर्‍याइएकी किशोरीको उद्दार याइएको अनुसन्धानबाट खुलेको खत्रीले बताउनुभयो । भारत पुर्‍याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज किशोरीलाई लगिएको थियो । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण किशोरी मामाघरमा बस्दै आउनुभएको थियो ।

ती किशोरीलाई प्रलोभन देखाउनेमा उहाँकै नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ । अहिले प्रहरीले यस घटनामा संलग्न एकजना पुरुष र पाँचजना महिलालाई पक्राउ गरी मानव बेचविखन तथा ओसारपसार मुद्दामा धादिङ अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘किशोरीलाई दिल्ली पुर्‍याएपछि घटनामा संलग्न पाँचजना एकमहिना अघि नै नेपाल फर्केको, एकजना महिलाले किशोरीलाई साथमा राखेर पूजामा बस्न फरक-फरक तीनजना तान्त्रिक बाबासमक्ष लैजाने र मिति लिने गरेको, बाबाजीको पूजामा बसेपछि मागेको जति पैसा प्राप्त गर्न सकिने, सो पैसा पूजा गर्दागर्दै चमत्कारस्वरूप पूजा कक्षमा पैसाको वर्षा हुने र सबै पैसा आफूलाई हुने भनी पीडित किशोरीलाई भ्रममा पारिएछ ।’ पूजामा बस्न पठाउने क्रममा चौथो बाबाजीको लागि माघ २२ गते (फेब्रुअरी ५) पूर्णिमाको दिन मिति दिएको भन्ने खुल्न आएको र त्यो मिति अगावै पीडित बालिकाको उद्दार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता/सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । प्रहरीले पीडित किशोरीलगायत अन्य महिलाको समेत नापजाँज गरेको फोटो/भिडियो समावेश भएको एक मोबाइल, बाबाजीको पूजामा बसेपछि मागेको जति पैसा प्राप्त गर्न सकिने र सोही नोट आफूलाई पनि प्राप्त हुने भन्ने देखाउन तयार गरिएको भिडियोलगायत महत्वपूर्ण प्रमाणहरू बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज