खजुरा । नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष रु नौ अर्बभन्दा बढी राजस्व कम असुली भएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को गत छ महिनाको अवधिमा करिब रु साढे ३१ अर्ब व्यापार घाटा भए पनि गत वर्षको सोही अवधिको व्यापार घाटाभन्दा रु नौ अर्ब २९ करोड कम घाटा भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार जमुनाहनाका हुँदै भारत तथा तेस्रो मुलुकसँग भएको व्यापारमा चालु आवको गत छ महिनामा रु ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार घाटा भएको छ । तर यो घाटा गत वर्ष सोही अवधिमा भएको व्यापार घाटाभन्दा रु नौ अर्ब २९ करोड ६८ लाख ७२ हजार कम भएको अधिकृत शर्माले बताउनुभयो ।
निर्यातको तुलनामा आयात बढ्दै जाँदा व्यापार घाटा धेरै भएको हो । सो कार्यालयका अनुसार निकासी ज्यादै न्यून भए पनि पेट्रोलियम पदार्थ, खाद्यान्न, उद्योगका लागि आवश्यक कच्चा पदार्थलगायतको आयात बढ्नु र निर्यात भने न्यून हुँदा व्यापार घाटा उच्च भएको हो ।
भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्म सो नाकाबाट रु ३२ अर्ब ५५ करोड ९३ लाख ३३ हजार बराबरको सामग्री आयात भएकामा रु ९९ करोड ६३ लाख १० हजारको मात्र वस्तु निर्यात भएको छ । यसरी रु ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार व्यापार घाटा भएको छ ।
भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिमा सो नाकाबाट रु ४१ अर्ब ८४ करोड एक लाख ९९ हजारको वस्तु आयात भएकामा रु ९७ करोड तीन लाख चार हजारको सामग्री निर्यात भएको थियो ।
चालु आवमा चिनी, गहुँजस्ता वस्तुमा कोटा सिस्टम लागू गरेर आयातमा कमी हुनु र एलसी अनिवार्य गर्नुलगायत विभिन्न प्रकारका वस्तु पैठारीमा प्रतिबन्ध लगाउनुजस्ता कारणले आयात घटेको भन्सार कार्यालयले जनाएको छ ।
जमुनाहानाकाबाट पेट्रोलियम पदार्थ, शुद्ध फलाम, भटमासको पिना, दाललगायतका वस्तुको आयात बढेको छ भने चामल, चिनी, एलपी ग्यास, आलु, कोइला, कृषियन्त्रलगायतका वस्तुको आयात घटेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts