हत्या आरोपमा एकजना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

रौतहट । आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा चन्द्रपुर नगरपालिका-६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रा.लि.मा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?