नेपाली चलचित्रको बजार फराकिलो बन्न सकेन : श्रेष्ठ

Read Time = 2 mins

दाङ । अभिनेता अर्जुन श्रेष्ठले दर्शकको रोजाईमा विदेशी चलचित्र पर्दा नेपाली चलचित्रको बजार फराकिलो बन्न नसकेको बताउनुभएको छ । चलचित्र पत्रकार संघ दाङ शाखाले शनिबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा श्रेष्ठले नेपाली चलचित्र सानो लगानीमा पनि राम्रो भए पनि दर्शकको रोजाईमा विदेशी चलचित्र पर्ने गरेको बताउनुभएको हो ।

अभिनेता श्रेष्ठले दाङमा छिट्टै आधुनिक प्रविधियुक्त सिनेमा हल निर्माण गर्नेसमेत जानकारी गराउनुभयो । हल सञ्चालकसमेत रहनुभएका श्रेष्ठले तुलसीपुरको विष्णु चलचित्र मन्दिरलाई आधुनिक र प्रविधियुक्त बनाउने योजना रहेको सुनाउनुभयो ।

ADVERTISEMENT

चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले सातवटै प्रदेशमा चलचित्र छायांकनस्थल निर्माण गर्ने चलचित्र विकास बोर्डको नीति रहेको बताउँदै दाङ पनि छायांकनका लागि उपयुक्त स्थल रहेको जिकिर गर्नुभयो ।

चलचित्र पत्रकार संघ दाङ शाखाका पूर्वअध्यक्ष ध्रुवराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष पूर्ण केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?