राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई उपसभापति खड्काको सुझाव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ ।

आइतबार बिहान ट्वीट गर्दै उपसभापति खड्काले दायाँबायाँ नसोचि, नहेरि राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई सुझाव दिनुभएको हो ।

उहाँले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेर संशयको घेराबाट आफूलाई निर्वाचन आयोगले बाहिर निकाल्न उपयुक्त हुने बताउनुभयो ।

ADVERTISEMENT

‘दायाँबायाँ नसोचि, नहेरि। निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुनेगरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ।’ खड्काले ट्वीटरमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यकाल फागुन २८ मा सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज