इस्मा गाउँपालिकाद्वारा तीन ऐन पारित

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाको हिउँदे गाउँसभाले आवश्यक कानुन निर्माण गर्दै पारितसमेत गरी सम्पन्न भएको छ । पुस ११ गतेबाट सुरु भएको इस्मा गाउँपालिकाको गाउँसभाको १३औँ अधिवेशन तथा चौथो बैठक गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन र नियम सर्वसम्मत निर्णय गरी पारित गर्दै सम्पन्न भएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो । गाउँपालिकाका लागि आवश्यक तीनवटा ऐन, कानुन पारित गर्दै गाउँसभा सम्पन्न भएको अध्यक्ष खड्काले बताउनुभयो ।

सभाद्वारा पारित भएका ऐन, नीति, नियममा शिक्षा ऐन २०७९, खानेपानी तथा सरसफाइ विकास बोर्ड गठन तथा परिचालन ऐन, २०७८ लाई पहिलोपटक संशोधन गरी खानेपानी तथा सरसफाइ विकास बोर्ड गठन तथा परिचालन ऐन २०७९, न्यायिक समितिको कार्यविधिसम्बन्धी ऐन, २०७९ पारित गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले जानकारी दिनुभयो । सभामा सामाजिक विकास समितिका संयोजक ढालबहादुर कुँवरले शिक्षा विधेयक, खानेपानी तथा सरसफाइ बोर्ड गठन तथा परिचालनसम्बन्धी ऐन २०७८ लाई पहिलोपटक संशोधन गर्न बनेको विधेयक गाउँसभामा पेश गर्नुभएको थियो ।

ADVERTISEMENT

गाउँसभामा पेश गरिएको विधेयकमाथि गाउँसभाका सदस्यहरूले सैद्धान्तिक छलफल गरी दफावार छलफलका लागि विधायन समितिमा पठाएका थिए । विधायन समितिले दफावार छलफल गरी विधायन समितिका संयोजक झविन्द्र अर्यालले सभामा स्वीकृतिका पेश गर्नुभएको विधेयक सर्वसहमतिले पारित गरिएको उपाध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

न्यायिक समितिको उजुरी कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि ऐन, २०७५ लाई पहिलोपटक संशोधन गर्न बनेको विधेयक न्यायिक समिति संयोजक पार्वती कुँवरले सभामा पेश गर्नुभएको थियो । विधायन समितिले दफावार छलफल गरी विधायन समितिका संयोजक अर्यालले स्वीकृतिका सभामा पेश गर्नुभएको विधेयक सर्वसहमतिले पारित गरिएको कुँवरले जानकारी दिनुभयो । ऐन निर्माण भएसँगै इस्मा गाउँपालिकाले लिएको निःशुल्क शिक्षा कार्यान्वयन गर्न, गाउँपालिकामा खानेपानीको समस्या समाधान गर्न र न्यायिक उजुरी कारबाही र किनारा लगाउन सहयोग पुग्ने उपाध्यक्ष कुँवरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज