‘डिसेम्बर फल्स-२’ को निर्माण घोषणा

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स-२’ को घोषणा गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको यो चलचित्रको सिरिज निर्माण हुने भएको हो । चलचित्रका निर्माता रामप्रसाद रिजालले ‘डिसेम्बर फल्स-२’ निर्माणको घोषणा गर्नुभएको हो ।

लक्ष्मण रिजालको लेखन एवं निर्देशनमा बन्ने चलचित्रका लागि उपासना सिंह ठकुरी फाइनल हुनुभएको छ । ‘डिसेम्बर फल्स’ का कलाकारहरूका साथमा अहिलेका चर्चित कलाकारहरूसमेत चलचित्रमा रहने बताइएको छ ।

ADVERTISEMENT

महेश आर गुप्ताको छायांकन रहने चलचित्र चैत दोस्रो साताबाट फ्लोरमा निस्किने जनाइएको छ । नेपाल र युरोपका विभिन्न स्थानमा चलचित्र छायांकन गरिने निर्माण टिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *