सुर्खेत । सुर्खेतमा रहेको प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यहीँ हप्ताको शनिबारबाट सुरु गर्ने भएको हो । यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणको लागि सम्झौता भएको र त्यसैअनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्राडा डम्बर खड्काले जानकारी दिनुभयो । अस्पतालले पत्रकार सम्मेलन गर्दै निर्देशक डा. खड्काले आगामी शनिबारदेखि सेवा सुरु हुने बताउनुभयो ।
यस आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने, आगामी तीन वर्षभित्र भवनको तला थपका लागि बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, ५०० शैय्याको अस्पताल सञ्चालन, बाल अस्पताल सञ्चालन गर्ने जस्ता सेवालाई अस्पतालले विस्तार गर्ने लक्ष्य लिएको छ ।
यता, कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)का रूपमा स्तरोन्नतिका लागि छलफलसमेत गरिसकेको छ । जसका लागि कर्णालीको सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजनसमेत गरेको छ । हाल २९७ शैय्याको अस्पतालमा दैनिक औसत ४०५ बिरामीले सेवा लिने गरेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts