डडेल्धुरा । तिन महिना पछि भएकाे हिउँदे वर्षातले डडेल्धुराका किसानहरु हर्षित भएका छन ।
आकासको पानीको भरमा जीविकोपार्जन गर्ने किसानहरुलाई गहुँ लगायत हिउँदे वालीलाई लामो समय पछि परेको हिउँदे झरीले ठूलो राहत भएको हो ।
गत आश्विनमा परेको २ दशमलब ६ मिलिमिटर र कार्तिक ४ गते परेको शुन्य दशमलब ९ मिलिमिटर वर्षा पछि बिगत तिन महिना सम्म पानी नपर्दा किसानहरुले लगाएको गहुँ, दालहन वाली तथा बेमौसमी जातका तरकारीलगायतका वाली सुकेर जाँदा चिन्तित भएका किसान वर्षा र हिमपात पछि उत्साहित भएका छन ।
सोमवार साँझ देखि परिबर्तन भएको मौसमसँगै मंगलवार बिहानै देखि हल्का झरीसँगै चार घण्टाको अबधिमा ५ दशमलब ४ मिलिमिटर पानी परेको जल तथा मौसम बिज्ञान फिल्ड कार्यालय डडेलधुराले जनाएको छ ।
वर्षासँगै चिसो बढे पनि डडेल्धुरालगायत सुदूरपश्चिमका तराईका दुई जिल्लासहित सात पहाडी जिल्लामा एकनासको लगातार झरी र वर्षासँगै सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च पहाडी भेगहरुमा हिमपात सुरु भएको छ ।
डडेल्धुरा बैतडीको सिमाना अनारखोली तथा बैतडीको खोडपे, सतबाझ, गर्जे, बाँजपानी ढोल्यामोड ,श्रीभावर, बझाङको बित्थड लगायतका क्षेत्रहरुमा बिहानदेखि हिउँ पर्न थालेको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts