१० वर्षे शिक्षा योजना पास गर्दै खाँडाचक्र

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकाले १० वर्षे शिक्षा योजना हिउँदे सभाबाट पास गर्ने भएको छ । एक कार्यक्रमका बीच नगरपालिकाले यस्तो बताएको हो । शिक्षा क्षेत्रमा काम गर्दा शिक्षा योजना पहिला आवश्यकता पर्ने भएकाले नगरपालिकाले शिक्षा योजना पास गर्ने खाँडाचक्र नगरपालिकाका शिक्षा शाखा प्रमुख बलिराज शाहीले बताउनुभएको छ ।

शाहीले माघ १० (आज) गते हुने हिउँदे नगरसभामा सो योजना पास गरिने बताउनुभएको हो । विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत खाँडाचक्र नगरपालिकाको १० वर्षे शिक्षा योजना २०७८/०७९ र २०८७/०८८ खाँडाचक्र नगरपालिकाको दीर्घकालीन रणनीति हुनेछ ।
शनिबार युनिसेफ नेपालकको सहयोग, समाज जागरण केन्द्र स्याक नेपालको सहजीकरण तथा खाँडाचक्र नगरपालिकाको समन्वयमा स्थानीय तहको (एसइएसपी) तथा समता रणनीति योजना विषयक दोस्रो कार्यशाला गोष्ठीमा शिक्षा योजना रणनीतिका बारेमा छलफल तथा सुझाव संकलन सबैको सल्लाह र आवश्यक प्रक्रिया पूरा गरी १० वर्षे शिक्षा योजना पास गर्ने लागेको युनिसेफ नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जका शिक्षा अधिकृत फर्शुराम पन्तले बताउनुभयो ।

ADVERTISEMENT

उहाँका अनुसार विद्यालयबाहिर रहेका किशोर, किशोरीका लागि शिक्षा र जीवन उपायोगी सीपमा अवसर परियोजनालाई नगरपालिकाले सकारात्मक हिसाबले बुझेर परियोजनाप्रति नगरपालिका उत्तरदायी भएकाले आफू र आफ्नो संस्था हर्षित भएको उहाँको भनाइ थियो । कार्यक्रमको सहजीकरण गर्दै शिक्षा विकास तथा समन्वय इकाइ कालीकोटका निमित्त कार्यालय प्रमुख प्रकाशचन्द धितालले कालीकोटमा अहिलेसम्ममा एउटा रास्कोट नगरपालिकाले मात्र शिक्षा योजना बनाई काम गरेको बताउँदै दोस्रोमा खाँडाचक्र नगरपालिकाले गर्ने लागेकोमा बधाई तथा शुभकामना दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज