गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सम्पादक समाज नेपालले यो वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र शिवपुरीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दुई दशकदेखि पत्रकारितामा क्रियाशील सञ्चारकर्मी नवराज चालिसे, गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट नेपाल फेस अनलाइनका सम्पादक माधव पौडेललाई प्रदान गरिएको छ ।

यसैगरी, वरिष्ठ टेलिभिजनकर्मी नीर शाह, पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका वरिष्ठ पत्रकार खिलध्वज थापा, बुँद राना, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरिएको छ ।

ADVERTISEMENT

वियोगी पत्रकारिता पुरस्कारको राशि २५ हजार एक र विशेष पत्रकारिता पुरस्कारको राशि १५ हजार एक रुपैयाँ छ । कार्यक्रममा नेपालको लोकतन्त्र, प्रजातन्त्र र प्रेस स्वतन्त्रताका लागि अंग्रज पत्रकार गोविन्द वियोगीले निर्वाह गरेको योगदान र भूमिकाको चर्चा गरिएको थियो । गोविन्द वियोगी पत्रकारिता केन्द्रका संरक्षक कृष्णबदन वैद्यले वियोगी पत्रकारिता केन्द्रबाट भविष्यमा हुनसक्ने योजना र सम्भावनाको विषयमा चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *