शुभकालिकाका ७ वटा माध्यमिक विद्यालयमा सेनेटरी भेन्डिङ्ग मेसिन जडान

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकामा छात्राहरुलाई विद्यालयमा नियमित गरउनको लागि ७ बटा माद्यामिक विद्यालयमा सेनेटरी भेन्डिङ्ग मेसिन जडान गरिएको छ ।

महिनावारी भएको समयमा बिद्यालयमा नआउने, बिद्यालयमा आएपनि लजाउने, सो समयमा बिद्यालय बढी छाड्ने समस्यालाई समधान गर्नको लागि शुभकालिका गाउँपालिकामा उपाध्यक्ष छात्रा शैक्षिक सुधार योजना अन्तरर्गत सेनेटरी भेन्डिङ्ग मेसिन जडान गरिएको हो ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमा आफुले पहिला महिला तथा किशोरी हरुको समस्या पहिचानगरी मेसिन जडानको कार्यक्रमलाई विद्यालय स्तरमा लिएर कार्यान्वयन गर्नतर्फ लागेको शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले बताउनुभयो ।

शुभकालिकामा पुरानो सामाजिक कुसंकारका रुपमा रहेको महिनावारी अहिले सम्मपनि अन्त्य हुन नसकेकोमा दुखेसो व्यक्त गर्दै अबका दिन अर्थात् आफ्नो पाँच वर्षे कार्यकालमा अन्त्य गर्ने उहाँको भनाई छ ।

आइतबार शुभकालिका गाउँपालिका वडा नं ३ मा रहेको जनज्योति माद्यामिक बिद्यालयमा सेनेटरी भेन्डिङ मेसिन जडान गर्न पुग्नुभएकी उपाध्यक्ष शाहीले कर्णाली तथा कालीकोटमा बढी भाग किशाेरीहरुले बिद्यालय बिचैमा छोड्नुको एक प्रमुख कारण पनि महिनावारी रहेका बताउँदै आगामी दिनहरुमा महिनावारी हुँदा किताव छोए पाप लाग्छ महिनावारी भएको बेला विद्यालय जानु हुँदैन भन्ने बिषयमा भित्रिमन देखिनै सबै धार्मिक गुरु बुढापाकाहरुले सब्य समाजको पहिचान तथा सुरक्षित महिनावारीमा सम्बन्धीत सबैले लाग्नु पर्ने बताउनुभयो ।

सेनेटरी भेन्डिङ मेसिन जडान उद्धघाटन गर्न आइतबार जनज्योति माद्यामिक बिद्यालयमा पुग्नु भएका कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले कालीकोट जिल्लाकै एउटा उदारणीय कार्य शुभकालिका गाउँपालिकामा उपाध्यक्षको पहलमा भएकाले उपाध्यक्ष तथा शुभकालिका गाउँपालिका लाई धन्यवाद दिनुभयो ।

ADVERTISEMENT

उपाध्यक्षको कोसेली स्वरुप बिद्यालयमा प्राप्त भएको मेसिनलाई सहि तरीकाले प्रयोग गर्न बिद्यालयलाई निर्देशन दिँदै केही विद्यालयहरु विद्यालय जस्तो नदेखिएकोमा आफु चिन्तीत भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शार्माले कालीकोट जस्तो बिकट ठाउँमा मेसिन जडानले बिद्यालयमा छात्रा दर बढाउने र नियमि बिद्यालयमा छात्राहरुको उपस्थीति हुनेमा आफ्नो बिश्वास रहेको बताउनुभयो ।

कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा कालीकोट जिल्लाको प्रहरी नायव उपरिक्षक जयस्वर रिमालले महिनावारी बाढेको वा महिनावारी भएको बेलामा कसैले बिभेद गरेको वा गराएको पाईएमा कानु अनुसार कार्वाही हुने बताउँदै बाल बालिका सम्बन्धी हुँने जस्तो सुकै अपराध भए वा गराएको पाइएमा कानुअनुसार कार्बाही हुँने बताउनुभयो साथै प्रमुख रिमालले बालविवाह कालीकोटमा केही मात्रामा देखिएकाले यसलाई रोक्न आफु र आफ्नो माताहतको प्रहरी लागि रहेकाले यसला सबैले साथ दिन आग्रह गर्नुभयो ।

गुणस्तरी शिक्षामा केही कमि आएकाले यस तर्फ सबै शिक्षक तथा अभिभावकले जोड दिनुपर्ने जिल्ला शिक्षा बिकास तथा समन्वय कालीकोटका प्रमुख प्रकाश चन्द्र धितालले बताउभएको छ । प्रमुख धितालले शिक्षा जस्तो क्षेत्रमा कुनै पनि योजना बिना काम गर्न खोजे स्थानीय तहमा शिक्षा क्षेत्र गन्तव्य बिहीन हुने बताउनुभयो ।

सही गन्तव्यमा पुग्न पहिला योजना आश्वक पर्ने र बिद्यालयमा राजनीतिक करण गर्न पनि नहुने उहाँको भनाइ थियो । उहाँले सेनेटरी भेन्डिङ मेसिन जडानले छात्रालाई बिद्यालय नियमित आउन सहयोग गर्ने भएकाले आफु हर्सित भएको बताउँदै कामको थालनि गर्ने उपाध्यक्ष लगायत शुभकालिका गाउँपालिका परिवारलाई धन्यवाद समेत दिनुभयो ।

शुभकालिका गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी कार्यालय कालीकोटका प्रमुख मित्रलाल श्रेष्ट, राष्ट्रिय अनुसन्धाका अनुसन्धान अधिकृत राम अचलशाह, वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाही, बिद्यालयका शिक्षक, बिद्यार्थी, अभिभावक, जिल्ला स्थीत पत्रकार लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज