पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएको छ । यसअघि १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर सात बनाइएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्ख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कृषि तथा जलस्रोत मन्त्रालय बनाइएको छ ।
मन्त्रालयको सङ्ख्या कटौतीसँगै मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने मन्त्री सुन्दासको भनाइ छ । मन्त्रालयको सङ्ख्या कटौती नहुँदासम्म विना विभागीयमन्त्रीका रुपमा शपथ लिनुभएका तीन जनामन्त्रीको जिम्मेवारी बाँडफाँट हुन सकेको थिएन ।
गत पुस २५ मा मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विना विभागीयमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । विना विभागीयमन्त्रीका रुपमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान, नेकपा (एमाले0बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा