‘संखुवासभाका सफल व्यक्तिहरू’ लोकार्पण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । ‘संखुवासभाका सफल व्यक्तिहरू’ नामक पुस्तक लोकार्पण गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस्तकको लोकापर्ण गर्दै पुस्तक ऐतिहासिक हुने बताउनुभयो । नेपालको विकासमा पहिलो स्थान र भूमिका निर्वाह गर्नु हुने व्यक्तिहरूको छुट्टाछुट्टै अनुभव र दक्षता एउटै पुस्तकमा समेटिएकाले पुस्तक पठनीय र ऐतिहासिक हुने बताउनुभयो ।

उहाँले पुस्तकमा समेटिनु भएका व्यक्तिहरू संखुवासभाको मात्र नभई सिंगो नेपाल र अन्तर्राष्ट्रिय छवि बनाउन सफल व्यक्तिहरू भएको टिप्पणी गर्नुभयो । प्रमुख शर्माले ज्ञान, अनुभव, अनुभुति र दृष्टिकोण नयाँ पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गर्नुभयो । पाठक धारा टोल विकास संस्था संखुवासभाले प्रकाशन गरेको पुस्तकमा विभिन्न विद्यामा उच्चता हासिल गरेका संखुवासभाका ३१ जना व्यक्तिहरूको जीवनी र दृष्टिकोण समेटिएको छ ।

नेपाल सरकारका ऊर्जा सचिव दिनेश घिमिरे, अमेरिकाका लागि नेपालका पूर्वराजदूत तथा विकासविद् डा.अर्जुन कार्की, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगपति कुशकुमार जोशी, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, संस्कृतिविद् प्राध्यापक रमेश ढुंगेलको अनुभव र जीवनी पुस्तकमा समेटिएको छ ।

ADVERTISEMENT

त्यसैगरी सुशासनविज्ञ डा.हीरामणि घिमिरे, पूर्वसचिव शारदाप्रसाद त्रिताल, मानव अधिकारकर्मी कृष्ण पहाडी, नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सञ्चालक निरीक्षक क्याप्टेन डीआर निरौला, सांसद दीपक खड्का, पूर्वसांसद राजेन्द्र गौतम, प्रदेशसभा सदस्य राजेन्द्र कार्की, उद्योगपति कृष्णगोपाल श्रेष्ठ, र्कीतिमानी आरोही मिङ्मा शेर्पा, छिरिङ पान्दे भोटे, थानेश्वर गुरागाईको अनुभव र अनुभूति पुस्तका समेटिएको छ ।

युवा व्यवसायी सुजनकुमार श्रेष्ठ, इपानका पूर्वअध्यक्ष हाइड्रोविद् शैलन्द्र गुरागाई, प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरी, बागमती सफाइ अभियान्ता डा.राजु अधिकारी, खुला दिशामुक्त अभियानका राष्ट्रिय संयोजक गुणराज श्रेष्ठ, शिक्षाविद् तथा उद्योगपति तेजबहादुर ढकार, जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम, सुशासनविद् हेमराज पौडेल, कर्मचारी सञ्चयकोषका पूर्वप्रशासकीय प्रमुख तुलसी गौतम, इञ्जिनियर अध्ययन संस्थानको पूर्वसहायक डिन प्राध्यापक तेजराज थापा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्र भण्डारी, न्यायाधीश हरि फुयाँल, हेल्पिङ हेण्डसका प्रमुख डा.गुप्तबहादुर श्रेष्ठ, प्रशासक अनिता निरौलाका अनुभव र अनुभूति पुस्तकमा समेटिएको छ ।

संखुवासभाका सांसद दीपक खड्काले पुस्तकमा सम्मिलित व्यक्तिहरू नेपालको विकास र प्रशासनमा महŒवपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । भीमबहादुर कट्टेल संयोजक रहेको सम्पादक मण्डलले सम्पादन गरेको पुस्तकले समृद्ध संखुवासभामात्र नभई देशलाई नै समृद्धितर्फ डोर्याउन सक्ने व्यक्तिहरूको आलेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *