कांग्रेस नेता निधि र बेलायतका मेयर चोपराबीच भेट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । बेलायतको साउथअर्क नगरपालिकाका मेयर सुनिल चोपरा र नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिबीच भेटबार्ता भएको छ।

निजी भ्रमणमा नेपाल आउनुभएका चोपरा निधि निवास बानेश्वर पुगेर दुई देशका नगरपालिकाबीच भविश्यमा आपसी सम्बन्धलाई निरन्तरता दिने बिषयमा कुराकानी भएको थियो।

निधिसँगको भेटमा गैह्रआवासीय नेपाली संघ बेलायतका पशुपति भण्डारी, राष्ट«वादी कांग्रेस पार्टी महाराष्ट« राज्यका सचिव ब्रिजेश त्रिपाठी पनि सहभागी हुनुहुन्थ्यो ।

निधिसँगको भेटपछि नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले उहाँको सम्मानमा एक कार्यक्रमको आयोजना गर्नुभएको थियो ।

ADVERTISEMENT

त्यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुमार रिसाल, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीलगायतको उपस्थिति थियो।

त्यस अवसरमा दुई देशका नगरपालिकाबीच सांस्कृतिक, पर्यटकीय र आर्थिक सम्बन्ध बिस्तार लगायतका विषयमा कुराकानी भएको थियो।

भारतीय मूलका चोपरा बेलायतको राजधानी लण्डनसँग जोडिएको नगरका प्रमुख हुनुहुन्छ । एक पटक उपमेयर भइसक्नुभउका चोपरा दोस्रो पटक मेयरमा निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?