योजनाका अध्यक्ष महिला भन्छन् ‘उत्कृष्ट काम गरेर देखाउँछौ’

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 5 mins

बैतडी । बैतडीको पाटन नगरपालिका-१ की लक्ष्मी भट्टराई पहिलो पटक योजना उपभोक्ता समितिको अध्यक्षमा चयन हुनुभएको छ । उहाँ सकार न्वालो निर्माण योजनाको उपभोक्ता समितिको अध्यक्षमा चयन हुनुभएको हो ।

योजनाहरूको दिगो प्रभावकारी र उत्कृष्ट काम गरी समयमै सम्पन्न गरिसक्ने योजना उहाँको छ । ‘महिलालाई विकास निर्माणको प्रमुख भूमिकामा कमै देखिन्थ्यो’, उहाँले भन्नुभयो, ‘सरकारले अनिवार्य गरेका अन्य पदाधिकारीमा महिला हुने भए तापनि मुख्य पदमा भने पुरुषलाई राखिन्थ्यो, अहिले नगरपालिकाले प्राथमिकता दिएपछि हामीले काम गरेर देखाउने अवसर पाएका छौं, पुरुषसरह राम्रो काम गरेर देखाउँछौं ।’

नगरपालिकामार्फत चालु आर्थिक वर्षमा विनियोजित योजनामा लक्ष्मीजस्तै १० वटै वडाबाट गरी अन्य ७० जना महिला योजनाको उपभोक्ता समितिको अध्यक्ष छन् । महिलालाई विकास निर्माणका काममा सहभागिता बढाउन उपभोक्ता समितिको अध्यक्षमा प्राथमिकता दिएपछि काम गर्न उत्साहीत बनेको पाटन नगरपालिका-८ को आरूबाटा-तिम्ले सडकको नाली मर्मत योजनाका उपभोक्ता समितिका अध्यक्ष हीरा अवस्थीले बताउनुभयो । ‘विगत वर्षमा पुरुष नै उपभोक्ता समितिको अध्यक्ष हुन्थे, हामीलाई काम गर्न सक्दैनौ भन्ने कुरा आउथ्यो’, अवस्थीले भन्नुभयो, ‘हामीलाई त विश्वास नै गर्दैनथे । अहिले नगरपालिकाले योजना सम्पन्न गर्ने जिम्मेवारी दिएको छ । काम गर्न सुरु गरिसकेका छौं ।’ योजनाको अध्यक्षमा अवसर पाएका वडा नम्बर-१ को डैसीली-गेरडा सडक योजनाका अध्यक्ष भागरथी बोहराले भन्नुभयो, ‘यसवर्ष राम्रो काम गरेर देखाउँछौं ।’

ADVERTISEMENT

बैतडीको पाटन नगरपालिकामार्फत सबै वडामा चालु आर्थिक वर्षमा ४५६ योजना विनियोजिन भएका नगरपालिकाले जनाएको छ । १० वडामध्ये वडा-१ मा सबैभन्दा बढी योजना उपभोक्ता समितिको अध्यक्षमा महिला छन् । चालु आर्थिक वर्षका लागि विनियोजित सबै योजनाको अध्यक्षमा महिला रहेको वडाध्यक्ष तर्क ठगुन्नाले जानकारी दिनुभयो । ‘२३ वटा योजना थिए, ती सबैमा महिला अध्यक्ष भएका छन्’, वडाध्यक्ष ठगुन्नाले भन्नुभयो ।

वडा–६ मा १९ जना महिला उपभोक्ता समितिको अध्यक्षमा महिला चयन भएका छन् । त्यसैगरी वडा-२ मा नगरपालिकामार्फत सञ्चालित योजनाका चार र प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा चार गरी आठजना, वडा-५ मा नौजना, वडा-८ र १० मा समान पाँच–पाँचजना महिलालाई योजनाको उपभोक्ता समितिको अध्यक्षमा चयन गरिएको छ । यस्तै वडा-४ र ९ मा पनि समान एक-एकजना महिला अध्यक्षमा चयन भएका छन् । बाँकी वडा-३ र ७ मा योजनाको अध्यक्षमा महिला छैनन् । नगरपालिकाले महिलालाई प्राथमिकता दिने भने पनि महलिाले चासो नदेखाउँदा पुरुषलाई योजनाको अध्यक्षमा चयन गरिएको वडा–७ का वडाध्यक्ष ललितबहादुर चन्दले बताउनुभयो ।

विकास निर्माणको काममा महिला बढी उपयोग गर्ने गरेकाले कामको जिम्मेवारीमा राखिएको उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो । गाउँमा हुने विकासको प्रत्यक्ष लाभान्वित महिला हुनेभएकाले प्राथमिकतामा राखेको बोहराले जानकारी दिनुभयो । खानेपानी, बाटोघाटो, पुलपुलेसा उपयोग गर्नेमा महिला बढी हुन्छन्, त्यसैले आफूले उपयोग गर्ने कामलाई उत्कृष्ट बनउने छन् भन्नेमा विश्वस्त छौं,’ उपप्रमुख बोहराले भन्नुभयो । आफूले उपयोग गर्ने कामलाई उत्कृष्ट बनाउने सोचमा पनि महिलाहरू हुने भएकाले काम गुणस्तरीय हुनेमा विश्वस्त रहेको नगर प्रमुख गौरीसिंह रावलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?