ट्रस टर्मिनल भवन नहुँदा मुगुको ताल्चा विमानस्थलमा समस्या

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

सुर्खेत । हवाई सेवाको मेरुदण्डको रुपमा रहेको ट्रस टर्मिनल भवन ताल्चा मुगुमा निर्माण नहुँदा सेवा प्रवाहमा समस्य हुँदै आएको छ । सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण हुनुपर्ने भए पनि हालसम्म निर्माणको सुरसारै नभएको सरोकारवाला बताउँछन् । ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनले समयमै काम नगर्दा ट्रस टर्मिनल भवन अलपत्र परेको हो ।

२०६० सालदेखि काठको टहरा र कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको रारा विमानस्थलमा २०७२ सालमा ५७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्गमा कालोपत्र गरे पनि मुख्य संवेदनशील टावर र टर्मिनल भवन नबन्दा समस्या भएको छ ।

ADVERTISEMENT

ओमबद्धले आधुनिक ट्रस टर्मिनल भवन निर्माण गर्नलाई २०७६ साल असोज १६ मा ३० महिनाभित्र आठ करोड ६५ लाख नौ हजार ९९४ रुपैयाँको लागतमा काम सम्पन्न गर्छु भन्दै काममा हात हालेको थियो । नागरिक उड्डयन प्राधिकरण एरोड्म इञ्जिनियरिङ विभागका इञ्जिनियर महेश नेपालीले दिएको जानकारीअनुसार भारी ताकेता गरिए पनि आयोजनाको ६० प्रतिशत मात्र काम भएको छ ।

रारा नागरिक उड्यान कार्यालय ताल्चाका प्रमुख रामोन भट्टराईले सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । ताल्चामा अहिले पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर काम सेवा प्रवाह गरिरहनु परेको बताउनुभयो । सामान्य हावाहुरी तथा अन्य कारणले सेवा प्रवाहमा दैनिक समस्या बनाएको उहाँले बताउनुभयो । ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनका सञ्चालक भोजराज खड्का भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम ढिला भएको बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज