पानी नपरेपछि सुक्न थाल्यो हिउँदे बाली

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 2 mins

डडेल्धुरा । हिउँदे वर्षा नभएपछि डडेल्धुरामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । आश्विन तेस्रो सातामा चार दिन सम्म परेको अबिरल वर्षा पछि हिउँदे बाली लगाउने समय देखिनै परेको खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेको कृषकहरु बताउँछन ।

लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत भाद्रमा लगाएको हिउँदे आलु खेती तथा ताजा तरकारी बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ ।

यसवर्ष हिंउँदे खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदे वाली सुकेर नष्ट भएपछि वर्षभरी कसरी परिवार पाल्ने भन्ने चिन्ता किसानहरुमा रहेको छ ।

ADVERTISEMENT

खेतीपातीकै भरमा जीविकोपार्जन गरिरहेका जिल्लाका अधिकांश ठाउँका किसान उत्पादनमा कमी आउने देखिएपछि दुःख गरेर लगाएको बाली हात नपर्ला भन्दै खाद्य संकट निम्तिने कृषि विज्ञ बताउँछन ।

आठ हजार सात सय ४४ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको डडेल्धुरा जिल्लामा ४० प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ ।
सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँबालीसमेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालपछि ४० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ ।

हिंउँदे वालीका लागि लामो समय सम्म पानी पनि नपर्नु र सिँचाइको पनि सुविधा नभएको क्षेत्रमा हिउँदे वाली सुक्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *