शासकवर्गले मधेसी र थारूलाई बहिष्करण गर्यो, मधेसले यसको प्रतिकार गर्नेछ : सिके राउत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचनको पूर्वसन्ध्यामा जनमत पार्टी सत्तारुढ गठबन्धनप्रति आक्रोशित बनेको छ।

सहमतिअनुसार मन्त्रालय नपाएको जनमत पार्टीले मधेसी र थारु समुदायमाथि शोषण र दमन भएको आरोप लगाएको हो। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा, लोसपा, जनमत तथा नागरिक उन्मुक्तिपार्टीलाई शासक वर्गले पाखा लगाउन खोजेको आरोप लगाउनुु भएको छ ।​ फेसबुक तथा ट्टीवरमा आक्रोश पोख्दै डा. राउतले मधेसले यसको प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

ADVERTISEMENT

उहाँ लेख्नुहुन्छ, ‘मधेसले यसको प्रतिकार गर्ने छ। सडक र आन्दोलनको विकल्प हामीसँग सँधै खुल्ला नै छ।’

डा. राउतले पश्चगामी चरम नश्लवादीहरूको झुण्डले पूरै मधेसी र थारुलाई राज्यबाटै बहिस्करण गर्दै यो देश तिम्रो होइन भन्ने सन्देश दिएको आरोप लगाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?