सुर्खेत । कर्णाली प्रदेशसभाको आज भएको उपसभामुख पदको निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ इन्द्राकुमारी शाही पराजित हुनु भएको छ ।
४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्य सहभागि थिए ।
ती प्रदेशसभा सदस्यमध्ये शाहीको पक्षमा १४ र विपक्षमा २४ मत खसेको हो । यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्नुभयो । उहाँ निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो ।
उपसभामुख पदको निर्वाचनमा माओवादी केन्द्रकी नेतृ यसोदा न्यौपाने विजयी हुनु भएको छ । ती प्रदेशसभा सदस्यमध्ये उहाँको पक्षमा २४ र विपक्षमा १४ मत खसेको हो ।






