काठमाडौं । आफ्नै शिक्षकबाट आफूहरुमाथि दुर्व्यवहार भएको भन्दै काठमाडौं चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित भएका छन् ।
विद्यार्थीको समूहले अहिले गौशालास्थित प्रहरी कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरिरहेको छ ।
छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा उक्त कलेजका एक शिक्षक पक्राउ परेका छन् । उनीमाथि कक्षा ११ मा अध्ययनरत एक छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ ।
तस्वीरमा हेर्नुहाेस्














