छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

नृपेन्द्रबहादुर मल्ल/हिटा
मुगु । मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपल्बध गराउने भएको छ । छायाँनाथ रारा नगरपालिकाको १२औँ विधेयक नगर सभाले दलित नीति नियमावली पास गर्दै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई अपहेलना होइन प्रोत्साहन स्वरूप एक लाख रकम उपलब्ध गराउने नीति ल्याएको हो ।

जातीय छुवाछुत विभेद अन्त्यका लागि नेपाल सरकारले पनि विभिन्न नीति बनाएको र त्यसअनुसार यस नगरपालिकाले दलितको हक अधिकारका लागि दलित नीति २०७९ सभाबाट पास गरेर दलित छुवाछुत विभेद अन्त्यका लागि नीति निर्माण गरेर सभाबाट बहुमतले पास भएकाले त्यसैअनुरूप काम गरिने छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले हिमालय टाइम्सलाई बताउनुभयो ।
उहाँका अनुसार पिछडिएका दलित समुदायको हक अधिकारका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै नगरपालिकाभित्रका १ देखि १४ वडासम्मका १३ सय दलित घरधुरी रहेका र उनीहरूलाई संस्कृति संरक्षण, बाजा संरक्षणका लागि र सीपमूलक आयआर्जनका लागि प्रतिघरधुरी पहिलो चरणमा २५ सयका दरले दलित भत्ता उपलब्ध गराउनुका साथै यो भत्ता अन्तिम पाँचवर्षे आफ्नो कार्यकालमा पाँच हजारसम्म पुर्‍याउने लक्ष्य रहेको पनि नगरप्रमुखको भामको भनाइ छ ।

ADVERTISEMENT

यसैबीच छायाँनाथ रारा नगरपालिकाले १२औँ विधेयक नगरसभाबाट ११ वटा नयाँ र पाँचवटा संशोधित विभिन्न नीति, नियमावली, कार्यविधि, निर्देशिका र कानुन बहुमतले पास गरेको छ । बेरोजगारी समस्याले चपेटामा परेका युवा कुलतमा फस्दै गएकाले त्यसको रोकथामका लागि नगरस्तरीय सुधार गृह सञ्चालन कार्यविधि २०७९, अपांगता भएका व्यक्तिको हक हितका लागि अपांगता नियमावली २०७९, नगरपालिकास्तरमा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने र नागरिकको हितका लागि अति आवश्यक भएकाले नगरबस सञ्चालन कार्यविधि २०७९ लगायत व्यावसायिक दर्ता तथा नवीकरण कार्य निर्देशिका २०७९, महिला हेल्प डेक्स कार्यविधि, महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाइ निर्देशिका नियमावली र विपद् जोखिम न्यूनीकरण नियमावली २०७९ सभाबाट पास भएका छन् ।

विधेयक सभा विशेष गरेर कानुन, नीति नियमावली निमार्ण गर्ने भएकाले नगरपालिकाको हित र नागरिकको आवश्यकताअनुसार विभिन्न कानुन निर्माण गर्नुका साथै केही संशोधन पनि भएको जनाइएको छ । १२ औँ विधेयक सभाबाट पास भएका ११ वटा नीति, नियमावली, कार्यविधि र निर्देशिकाअनुसार नागरिको बृहत् हितका लागि यस नगरपालिकाले काम गर्ने नगरप्रमुख भामको भनाइ छ । नगरपालिकाको १२ औँ नगरसभा गत २५ गतेदेखि २८ गतेसम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज