सुदूरपश्चिम प्रदेशले आज पनि सभामुख नपाउने, संवैधानिक जटिलतातर्फ प्रदेश सभा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयन नहुने देखिएको छ । सभामुख चयनका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले तटस्थ बस्ने निर्णय गरेपछि सभामुख नचुनिने निश्चित जस्तै बनेको हो ।

प्रदेशसभाको जारी बैठकको विशेष समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सचेतक लक्ष्मण किशोर चौधरीले सभामुख चयनमा आफ्नो पार्टी तटस्थ बस्ने उद्घोष गर्नुभयो ।

उहाले सत्तारूढ दलको सहमति अनुसार सुदूर पश्चिममा मुख्यमन्त्री चयनका लागिमात्रै समर्थन गर्ने निर्णय भएकोमा सपथका क्रममा विना जानकारी दुई मन्त्रीलाई पनि सपथमा ल्याइएको भन्दै त्यसको विरोध स्वरूप आजको सभामुख चयनमा तटस्थ बस्ने निर्णय गरिएको बताउनु भयो ।

त्यसैगरि टिकापुर घटनामा आरोपित ठहर गरेर जेल चलान गरिएका रेशम चौधरीलगायत नेता कार्यकर्ता छुटाउनसमेत पहल नगरिएको भन्दै उहाले सो विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

सुदूर पश्चिम प्रदेश सभामुखका लागि नेपाली कांग्रेसबाट मानबहादुर रावल र नेकपा माओबादी केन्द्रबाट भीम भण्डारी उम्मेदवार हुुनुहुन्छ ।

दुवैलाई निर्वाचित हुनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको छ ।

सुदूरपश्चिम प्रर्देश सभामा आज सभामुख चयन नभए माघ २ गते सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने छ । माघ २ गते सभामुख चयन नभए प्रदेश सभा संवैधानिक जटिलतातर्फ धकेलिने छ ।

सभामुख चयनमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा आज पनि प्रदेशले सभामुख पाउने सम्भावना न्यून बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज