प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएका ओली र प्रधानममन्त्री प्रचण्डबीच छलफल भइरहेको हो । छलफलमा उहाँहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ ।

ADVERTISEMENT

बिहीबार नै बस्ने भनिएको सत्तारुढ गठबन्धन बैठकअघि उहाँहरुबीच भेटवार्ता भएको हो ।

यसअघि वुधबार साँझ पनि ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?