पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन् । भवन निर्माण सम्पन्न भए पनि जनशक्ति र औषधि उपकरणको अभाव रहे पनि पाँचथर अस्पतालले विशेषज्ञ चिकित्सकसहित सेवा दिन थालेपछि सेवाग्राहीमा खुसियाली छाएको हो ।
भर्खरै मात्र ५० शैय्याको अस्पतालको भवन निर्माण सम्पन्न भएको यस पाँचथर अस्पतालमा अहिले जेनरल सर्जरी डाक्टर प्रान्जल चन्द्र पौडेल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर देउमान लिम्बू, एनेसथेसियोलिष्ट एण्ड क्रिटिकल केयर डाक्टर गणेश वनलाई विशेष डाक्टरको रूपमा अस्पतालले नियुक्ति दिएको हो । अव नयाँ विशेषज्ञ डाक्टर आएपछि यस अस्पतालबाट हाडजोर्नी तथा नसा रोग ओपिडी सेवा, हाडजोर्नी रोगसम्बन्धी शल्यक्रिया सेवा, जनरल सर्जन ओपिडी सेवा, जनरल सर्जरीसम्बन्धी शल्यक्रिया सेवा र एनेस्थेसिया सेवा (शल्यक्रिया गर्दा बिरामीहरूलाई बेहोस बनाउने) सेवा बिरामीहरूलाई दिन थालिएको पाँचथर अस्पताल विकास समितिका अध्यक्ष रामराज आङ्देम्बेले बताउनुभयो ।
पूर्वी पहाडी जिल्लाका बासिन्दाले राम्रो स्वास्थ्य सेवा पाउन कठिन भइरहेका बेला केही जनशक्ति व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । अहिले अस्पतालमा चारजना विशेषज्ञ डाक्टर रहेका छन् । जिल्ला अस्पताल व्यवस्थापन समिति आफैँले खर्च व्यहोर्ने गरी हाडजोर्नी तथा नसा रोग विशेषज्ञ राखिएको छ । यस्तै, छात्रवृत्तिमा रहेका दुईजना डाक्टरलाई अस्पतालले थप सुविधा दिएर राखेको छ ।
अहिले अस्पतालमा जेनेरल सर्जन, एनएसथ्येसोयोलोजिष्ट तथा क्रिटिकल केयर विशेषज्ञ रहेका छन् । अस्पताल प्रमुख भने एमडिजिप हुन् । ५० शैय्याको अस्पतालको भवन भए पनि अझै १५ शैय्याकै मात्र दरबन्दी रहेको छ । यस्तै, अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति नहुँदा सञ्चालन हुन सकेको छैन । स्रोत र जनशक्ति भएमा आइसियु सेवा, इन्डोस्कोपी सेवा, ल्याबकोली सेवा, फिजियोथेरापी सेवा सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ ।
अहिले यस जिल्ला अस्पताल पाँचथरबाट निःशुल्क नवजात शिशु रोग सेवा, निःशुल्क प्रसूति सेवा, स्वास्थ्य बिमा सेवा, सामाजिक सुरक्षा सेवा, एकद्वार लैंगिक संकट व्यवस्थापन सेवा, निःशुल्क सुक्षित गर्भपतन सेवा लगायतका सेवाहरू सञ्चालन भइरहेको जिल्ला अस्पताल पाँचथरका हेल्थ असिस्टेन्ट सोमनाथ दंगालले बताउनुभयो । पाँचथर, ताप्लेजुङ, तेह्रथुम आठराई गाउँपालिकाको केन्द्रको रूपमा रहेको पाँचथर अस्पतालबाट यी सेवाहरू नहुँदा यस क्षेत्रका नागरिकहरू तराईका सुविधा सम्पन्न अस्पतालमा जान बाध्य थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements