प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीले दाबी पेस गर्दै

Read Time = 1 min

विराटनगर । एमालेका हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्री पदमा दाबी पेस गर्दै छन् ।

संसदीय दलका नेतासमेत रहनुभएका कार्कीले माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न लाग्नुभएको हो ।

प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गर्नुभएको थियो। उक्त समयावधिभित्र कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गर्न लाग्नुभएको हो ।

ADVERTISEMENT

प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीलाई एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० जना सांसदको समर्थन रहेको छ ।

प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसदको प्रतिनिधित्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज