प्रदेश १ मा एमाले नेतृत्वको सरकार बन्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ । एमालेको नेतृत्वमा सरकार गठन गर्न शिर्ष नेताबीच सहमति भएको विशेष स्रोतले जनाएको छ ।

शिर्ष नेतृत्वमा सहमति भएसँगै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दै हुनुहुन्छ। प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिँदैछ ।

सात दिनको समयसीमाको अन्तिम दिन एमाले दलका नेता कार्कीले दाबी पेश गर्न लाग्नुभएको हो । प्रदेश सभामा कुनैपनि दलको एकल बहुमत छैन ।

ADVERTISEMENT

९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । जहाँ नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ सांसद छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्न पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज