पुस्तकहरू सार्वजनिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अग्रज लेखक एवं मुक्तककार तारानाथ शर्मा पोखरेलको पछिल्लो पुस्तक हालै सार्वजनिक गरिएको छ । मोरङ शनिहाटस्थित एलिट क्लब विराटनगरमा विराट साहित्य संगमद्वारा आयोजित एक विशेष कार्यक्रम पारेर लेखक पोखरेलको मुक्तकसंग्रह ‘खेल रहेछ जिन्दगी’ को प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य रेखा यादव एवं प्रदेशसभा सदस्य त्रय गणेशप्रसाद उप्रेती, मीना श्रेष्ठ अनि विद्या चाम्लिङ तथा संगमका अध्यक्ष मधु पोखरेलद्वारा संयुक्त रूपमा लोकार्पण भएको थियो ।

कवि लोचन रिजालको ‘छन्दलोचन’ नामक कवितासंग्रहसमेतको विमोचन गरिएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सभापति रहेको उक्त कार्यक्रममा हरि कट्टेल, प्रिन्स प्रमोद ढकाल, भरत गुरागाईं बर्बरिक, भूषण ढुंगेल, विमला लामिछाने, कविता केशरी, सरला चापागाईं, शिवनारायण सिंगललगायत सर्जक एवं साहित्यिक मनहरूको उपस्थिति थियो ।

ADVERTISEMENT

समसामयिक विषयका रचना वाचन, लोकार्पित कृतिबारेका टिप्पणी अनि उपस्थित जनप्रतिनिधिमा बधाई तथा शुभकामना कार्यक्रमका अभिन्न अंग रहेको अग्रज लेखक पोखरेलको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *