कर्मचारी युनियन गुल्मीद्वारा ‘मित्र मिलन कार्यक्रम’

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मुख्य नारा सहित नेपाल निजामती कर्मचारी युनियन गुल्मीले मित्र मिलन एवम् अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार पछिल्लो समय जिल्लाको पर्यटकीय स्थलको रुपमा रहेको उनायचौरको ट्री-हाउसमा मित्र मिलन एवम् अन्तरक्रिया कार्यक्रम गरेको हो ।

त्यस कार्यक्रमको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोख्रेलले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले कर्मचारीहरुको पेशागत हक हितलाई समेटेर निजामती ऐन ल्याउन आफुहरु निरन्तर लागेको बताउनुभयो । उहाँले कर्मचारीहरुको हित विपरित सरकारले ऐन ल्याउन खोजेमा आफुहरु त्यसको विरुद्धमा उत्रने उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, नेपाल निजामती कर्मचारी युनियनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष उत्तम कटुवाल, उपाध्यक्ष मदन गौतम, उप-महासचिव इन्दु शर्मा, केन्द्रिय सदस्यहरु नविन पन्थी, हरि प्रसाद ज्ञवाली, पुर्व केन्द्रिय उपाध्यक्ष जयश्वर पन्थी लगायतले उक्त कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमा नेपाल निजामती कर्मचारी युनियन गुल्मीका अध्यक्ष मेघलाल पाण्डेले जिल्लामा संस्थाले गरेका गतिविधिहरुको बारेमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जिल्लामा युनियनले नागरिकमा छिटोछरितो सेवा प्रवाहसँगै समाजिक क्षेत्रमा पनि महत्वपुर्ण काम गर्दै आएको बताउनुभयो । त्यस्तै, युनियनले जिल्लामा नवआगन्तुक कर्मचारीलाई स्वागत गर्नुका साथै बनभोज कार्यक्रम गरेको थियो । युनियनका जिल्ला उपाध्यक्ष खिमराज पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव डिलबहादुर थापाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज