पाल्पाका ८१ वडामा एक्लो दलित वडाध्यक्ष

Read Time = 5 mins

-रामचन्द्र रायमाझी
पाल्पा । संविधानमा स्थानीय तहमा गठन हुने नगर कार्यपालिका र गाउँ कार्यपालिकामा दलित वा अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने व्यवस्था छ । तर कानुनी रूपमा जस्तो व्यवस्था भए पनि राजनीतिक दलहरू नै समावेशी राजनीतिको मर्मप्रति जिम्मेवार नहुँदा दलित समुदाय नेतृत्व तहमा पुग्ने विरलै अवसर पाउँछन् । पाल्पाका १० वटा स्थानीय तहमा ८१ वडा छन् । जसमा एक जनामात्रै दलित उम्मेदवारले वडाअध्यक्ष बन्ने अवसर पाउनु भएको छ । विभिन्न राजनीतिक दलबाट दलित समुदायका व्यक्तिले विभिन्न पदमा उम्मेदवार दिए पनि रामपुर नगरपालिका २ मा एक जनामात्रै दलित उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुभएको छ ।

नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बन्नुभएका कृष्ण बहादुर दर्जी जिल्लाको एक्ला दलित वडाध्यक्ष बन्ने शौभाग्य प्राप्त गर्नुभएको हो । उहाँले नेकपा एमालेका कृष्ण बहादुर थापालाई पराजित गर्दै पाल्पाको एकल दलित वडा अध्यक्षको रुपमा विजयी हुनुभएको छ । दर्जीले वडा अध्यक्षमा विजयी भएसँगै जिल्लाको सिङ्गो दलित समुदायको प्रतिनिधित्व गर्नुभएको छ । २०५० सालदेखी नेविसंघको राजनीति गर्नुभएका दर्जी नेपाली काँग्रेस पाल्पाको दुई कार्यकालसम्म जिल्ला सदस्य भई पार्टीको जिम्मेवारी सम्हाल्नुभयो ।

पार्टीको कूशलतापूर्वक जिम्मेवारी बहन गरेकै कारण उहाँ वडा अध्यक्षको उम्मेदवार बन्ने शौभाग्य पाउनुभएको थियो । उहाँले उम्मेदवार बन्ने शौभाग्य मात्र पाउनुभएनन् वडाध्यक्ष बन्ने अवसर समेत पाउनुभयो । यो अवसर दलित समुदायका कमैले पाउन्छन् । दर्जीले पार्टी भित्रबाट पनि वडा अध्यक्षको सिफारिसको लागि सघर्ष नगर्नुभएको भने होइन् । वडा अध्यक्षमा दर्जी सहित ९ जनाको दावेदारी परेको थियो । सिफारिस भएका ९ जना मध्येबाट दर्जीले पार्टीको विश्वास जिती वडा अध्यक्षको उम्मेदवारमा सिफारिस भई निर्वाचनमा समेत विजय हासिल गर्नुभएको हो ।

‘दलित समुदायलाई शिक्षाको पहुँचमा ल्याउँछु’

ADVERTISEMENT

दलित समुदायबाट वडाध्यक्षमा निर्वाचित भएपछि दर्जीले हिटासँगको कुराकानीमा आफूको पहिलो ध्येय भनेको दलित समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘वडामा कुमाल, मगर, दलित र खस आर्यसमुदायको मिश्रित बस्ती रहेको छ । खस आर्यले पढाईमा ध्यान दिएपनि दलित, मगर कुमला समुदायले पढाईप्रति ध्यान नदिएका कारण उनीहरुलाई पढाई प्रति आकर्षित गर्न वडाका सबै बालवालिकाकालाई माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान मेरो पहिलो ऐजेण्डा छ ।’ अहिले अधिकाश दलित, मगर र कुमाल समुदायका बालवालिकाहरु कक्षा ८ पढेपछी केटाहरु ईण्डिया जाने, केटीहरु विवाह गर्ने चलनलाई पूर्णरुपमा हटाएर मावि सम्मको शिक्षा अनिवार्य गर्ने त्यसका लागि सबै सहयोग वडाबाट गर्ने गरी काम गर्ने योजना रहेको निर्वाचित वडाध्यक्ष दर्जीले बताउनुभयो ।

रामपुर वडा नंं २ मा प्रशस्त खेतीयोग्य जमिन रहेकाले सबै टोल टोलको कृषि प्राविधिकबाट माटो परीक्षण गराएर, माटो सुहाउँदो खेती प्रणालीको विकास गर्ने, सामुहिक खेती देखी ठूला कृषि फार्महरु सञ्चालनका लागि वडाबाट सहयोग प्रदान गर्ने वडा अध्यक्ष दर्जीले बताउनुभयो । वडाका सबैको घरमा अनिवार्य रुपमा एक घर एक करेसावारी सञ्चालन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?