सिन्धुलीमा सुविधायुक्त बसपार्क निर्माण

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । सिन्धुलीमा आधुनिक बसपार्क निर्माण भएको छ । कमलामाई नगरपालिका-९ भिमानमा सुरक्षित र सुविधायुक्त बसपार्क निर्माण भएको हो ।

निर्माणधिन बसपार्कको काम सम्पन्न भएर संचालनमा आउने क्रममा रहेकोे सहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

‘बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेका छ । सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर फागुनसम्ममा कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरिहेका छौँ,’ उहाँले भन्नुभयो ।

बागमती प्रदेशको सहयोगमा आर्थिक बर्ष २०७७/०७८ मा ठेक्का प्रक्रिया मार्फत बसपार्कको निर्माण कार्य अगाडी बढाइएको थियो । बसर्पाकभित्र बस टर्मिनल, बस रोकेर राख्ने ह्यांगर, यात्रु प्रतिक्षालय, टिकट काउन्टरसहितको तीन तलाको कार्यालय भवन, विश्वकर्मा बाबाको मन्दिर, सवारीसाधन मर्मत गर्ने ठाउँ र शौचालय निर्माण भइसकेको छ । एक सय ५० वटा सवारीसाधन अटाउन सक्ने क्षमताको बसपार्क निर्माण भएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

आधुनिक बसपार्क निर्माणको काम विकास एन्ड ब्रदर्स, जिएससी आत्रेय र श्रीकृष्ण जेभीले गरेका हुन् । बीपी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गको संगम भिमानमा बसपार्कको आवश्यकता थियो । यसको परिपूर्ति गर्न प्रदेश सरकाले बजेटको व्यवस्था गरिदिएको हो ।
कार्यालय प्रमुख घिमिरेका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा प्रदेश सरकारले एक करोड बजेट उपलब्ध भएकोमा ९८ लाख ९६ हजार २७ रुपैयाँको निर्माण कार्य भएको थियो । आव ०७८/०७९ मा तीन करोड ३० लाख रकम आएकोमा तीन करोड १७ लाख ७२ हजार ४६८ रुपैयाँको निर्माण कार्य गरिएको थियो ।

आव ०७९/०८० मा ३० लाख बजेटको काम भएसँगै निर्माणको सम्पूर्ण कार्य सकिएर बसपार्क सञ्चालनमा आउने छ । उक्त रकमले बसपार्कमा गार्डेन बनाइने, इनार खनेर पानीको व्यवस्था गरिने र २४ सैँ घण्टा बल्न सक्ने क्षमताको सौर्य बत्ति जडान गरिने लगायतका छुटपुट निर्माण कार्य सक्ने योजना रहेको उहाँको भनाई छ ।

यो बसपार्क बीपी र मदन भण्डारी राजमार्गलाई लक्षित गरी बनाइएको हो । कार्यालय प्रमुख घिमिरेले भयो, ‘यहाँ यी ठूला दुई राजमार्गमा तथा स्थानीय सडकमा गुड्ने गाडी पार्किङ गर्न सकिन्छ, यसले कमलामाईको आर्थिक विकासमा पनि टेवा पुग्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज