फोहोरको वर्गीकरण गर्दै बर्दघाट नगरपालिका

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

प्रकाश न्यौपाने/हिटा
नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले माघ १ गतेबाट स्रोतमै फोहोर वर्गीकरण गर्ने तयारी गरेको छ । बर्दघाट नगरपालिकाले बिहीबार सरोकारवालाबीच अन्तरक्रिया गर्दै माघ १ गतेबाट स्रोतमै फोहोर वर्गीकरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार नगरले ३० बुँदे कार्ययोजनाका साथ फोहोरलाई स्रोतदेखि नै वर्गीकरण गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले सबै सरोकारवालाहरूको साथ पाए फोहोरलाई मोहर बनाउन सकिने बताउनुभयो । उहाँले बर्दघाट नगरपालिका फोहोरमुक्त एवं सरसफाइयुक्त नगरका रूपमा विकास गर्न लागिएको बताउनुभयो । नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले आमसरोकारवालाहरूलाई फोहोर व्यवस्थापन अभियानमा लाग्न अपिल गर्नुभयो । उपाध्यायका अनुसार स्रोतमा नै फोहोर वर्गीकरण गर्दा फोहोर व्यवस्थापनसँगसँगै बर्दघाट नगरलाई स्वच्छ, सुन्दर नगर बनाउन सकिने बताउनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा पारिजात सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चूडामणि भण्डारी, बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष दीपक लम्साललगायत बर्दघाट उद्योग वाणिज्य संघ, बर्दघाट नगरभित्रका बजार विकास समितिहरू तथा बर्दघाट नगरपालिका वडा नम्बर ४ का टोल विकास समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कृष्ण थापाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज