चलचित्र पत्रकार संघको महाधिवेशन १७ फागुनमा

Read Time = 1 min

काठमाडौं । चलचित्र पत्रकार संघको ९औँ महाधिवेशन आगामी फागुन १७ गते आयोजना हुने भएको छ । संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहीबार बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।

संघले अधिवेशनअगाडि दुईदिने अर्थात् माघको १३ र १४ गते काठमाडौंमा कार्यशालासमेत आयोजना गर्ने जनाएको छ । संघका सदस्यहरूको क्षमता वृद्धिका लागि भन्दै कार्यशाला गर्न लागेको चलचित्र पत्रकार संघले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

ADVERTISEMENT

२४ नयाँ सदस्यको आवेदन स्वीकृत, ६० वर्ष नाघेका सदस्यका लागि मासिक ६ हजार सामाजिक भत्ताको समेत निर्णय गरेको संघले माघ १५ गतेभित्र पुराना सदस्यलाई सदस्यता नवीकरण गर्नसमेत विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *